काठमाडौं । वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपधिले सम्मानित गरिएको छ । विश्व हिन्दू महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँलाई ‘नेपाल ऋषि’को उपधिले सम्मानित गरेको हो । विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा पूर्वमन्त्री पशुपति शमशेर राणा रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता प्राडा.गुरुङले ‘सामाजिक सद्भाव र धार्मिक सहिष्णुता’को विषयमा धर्मिक, संस्कृति र जातजातिको समन्वयात्मक एकताको भवनाको विकास गरी नेपाल राष्ट्रको समुन्नति कसरी गर्ने भन्ने समन्वयात्मक प्रवचन दिनुभएको थियो । डा.गुरुङले भन्नुभयो, ‘हजारौं वर्ष पहिलेदेखि नेपाल र नेपाली वहुभाषिक, बहुजातीय बहुधार्मिक बहुसांस्कृतिकबीच आपसी समन्वयात्मक सम्बन्धमा रहँदै आएको र ऋषि महर्षिहरूको तपो भूमि गायत्री मन्त्रका प्रणेता कौशिक मुनिले गायत्री रचना गरेको महान् तपोभूमि कहिल्यै कुनै जातजाति धर्म संस्कृतिबीच मतभिन्नाता भएको पाइँदैन । सीता र बुद्धको जन्मभूमिमा हाम्रो हरेक चाडपर्वमा सहिष्णुता कामय रही विकास भइआएको छ ।’
डा.गुरुङलाई सर्वप्रथम पुराणस्थल दोलखामा ‘नेपाल ऋषि’को उपाधिले सम्मानित गरिएको थियो भने साहित्यिक पत्रकार संघले पनि आफ्नो स्वर्ण महोत्सवको अवसरमा गत २०८० भदौ १३ गते सो उपाधिलाई अनुमोदन गरेको थियो ।
सो अवसरमा सामाजिक अभियन्ता सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले डा.गुरुङको विषयमा प्रकाश पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच