‘नाङ्गो गाउँ’मा सन्देशमात्रै छैन, भरपुर मनोरञ्जन पनि छ  : हिमाल कडरिया, निर्माता

गीता अधिकारी
Read Time = 8 mins

दीपेन्द्र लामा निर्देशित चलचित्र ‘नाङ्गो गाउँ’ २९ भदौदेखि देशभित्र मात्र नभई विश्वका थुप्रै सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउँदै छ । जिल्लास्तरमा हुने गरेको राजनीति खिचातानीको विषयलाई प्रस्तुत गरिएको चलचित्रको निर्माता हिमाल कडरिया हुनुहुन्छ । युवा निर्माता हिमालले यसअघि ०७६ सालमा भुटानी शरणार्थीको प्रेमकथामा ‘रातो गलबन्दी’ चलचित्र निर्माण गर्नुभएको थियो । अन्य व्यावसायबाट नाफा कमाइरहे तापनि सानैदेखिको मोहका कारण चलचित्र निर्माणमा होमिनुभएका हिमाल आफ्नो चलचित्र निर्माण क्रमदेखि नै चर्चामा रहेकोमा हौसिनुभएको छ । ‘नाङ्गो गाउँ’लाई सम्भवतः विदेशमा अहिलेसम्मकै सर्वाधिक हलमा एकसाथ प्रदर्शन हुन लागेको पहिलो नेपाली चलचित्रका रूपमा हेरिएको छ । निर्माता हिमाल कडरियासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएकोे कुराकानीः

‘रातो गलबन्दी’ बाट घाटा खाँदा नि अहिले ‘नाङ्गो गाउँ’ बनाउनुभयो नि ?
त्यतिबेला म धेरै कुरामा कच्चै रहेछु । चलचित्रप्रतिको सानैदेखिको लगाबका कारण पर्याप्त तयारीबिनै ‘रातो गलबन्दी’ निर्माण गरे । तर, अहिले मैले धेरै कुराको अध्ययन गरेको छु । गुणस्तरीय चलचित्र बनाउँ भन्ने चाहनाले म यो क्षेत्रमा सक्रिय छु । मेरो यो चाहना ‘नाङ्गो गाउँ’ ले पूरा गर्न लागिरहेको छ । चलचित्र निर्माण क्रमदेखि नै चर्चामा छ । सम्भवतः विश्व बजारमा एकसाथ धेरै हलमा एकसाथ प्रदर्शन हुनलागेको यो नै पहिलो नेपाली चलचित्र हो । त्यसकारण यसपालि म बढी नै आशावादी छु ।

‘नाङ्गो गाउँ’मा हाम्रो देशको वर्तमान राजनीतिक विकृति, दाउपेज, जनताको आश भरोसामा हुने गरेको घात प्रतिघातलगायतको वास्तविक विषय हामीले उठान गरेका छौं । चलचित्रमा सन्देशमात्रै छैन, भरपुर मनोरञ्जन पनि छ । यो कुरा हाम्रो टिजर र ट्रेलरमा पनि प्रष्टिएकै छ । आमनागरिकलाई झक्झक्याउने विषयमा चलचित्र बनेको छ । अहिलेसम्म विश्वका लगभग सबै देशको राइट बिक्री भइसकेको छ । लगानीको हिसाबले हामी सुरक्षित भइसकेका छौं । हलमा पुग्नुअघि नै लगानी उठिसकेको छ । यसर्थमा ‘नाङ्गो गाउँ’ रिलिज अघि नै सुपरहिट भइसक्योभन्दा हुन्छ । तर पनि हामी संसारभर बढीभन्दा बढी दर्शकलाई चलचित्र देखाउने प्रयत्नमा छौं ।

‘नाङ्गो गाउँ’ मा अहिलेका चर्चित कलाकारहरूको भिड छ, कसरी सम्भव भयो ?
स्क्रिप्टको अनुसार कलाकार चयन गरेका हौं । सकभर दर्शकको प्रिय कलाकार नै राखौं भन्ने सोचले पनि प्रेरित भएकाले यसो गरेका हौं । धेरै चर्चित र व्यस्त कलाकारहरू भएकाले उहाँहरूको सेड्युल मिलाउन भने हामील दह्रै मिहिनेत गर्नुपरेको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी आरएल शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत थुप्रै कलाकार हुनुहुन्छ । निर्देशक, कलाकारहरू सबैले अथाह मिहिनेतप्रति म कृतज्ञ छु ।

यस चलचित्रको मुख्य विषय के हो ?
म समाजसँग नजिक, यथार्थपरक कथामा चलचित्र बनाउन चाहन्छु । ‘रातो गलबन्दी’ मा भुटानी शरणाथी प्रेमजीवनको कथा प्रस्तुत गरेका थियौ । ‘नाङ्गो गाउँ’ मा भने हाम्रो देशको वर्तमान राजनीतिक विकृति, दाउपेज, जनताको आश भरोसामा हुनेगरेको घातलगायतको वास्तविक विषय उठान गरेका छौं । चलचित्रमा सन्देशमात्रै छैन, भरपुर मनोरञ्जन पनि छ । यो कुरा हाम्रो टिजर र ट्रेलरमा पनि प्रष्टिएकै छ । आमनागरिकलाई झक्झक्याउने विषयमा चलचित्र बनेको छ ।

तपाईंको चलचित्र वल्र्डवाइड रिलिज हुँदैछ, कस्तो आश राख्नुभएको छ ?
हामीले निर्माण घोषणा गरेदेखि नै विदेशबाट चलचित्रको डिमाण्ड आएको हो । अहिलेसम्म विश्वका लगभग सबै देशको राइट बिक्री भइसकेको छ । लगानीको हिसाबले हामी सुरक्षित भइसकेका छौं । हलमा पुग्नुअघि नै लगानी उठिसकेको छ । यसर्थमा ‘नाङ्गो गाउँ’ रिलिजअघि नै सुपरहिट भइसक्योभन्दा हुन्छ । तर पनि हामी संसारभर बढीभन्दा बढी दर्शकलाई चलचित्र देखाउने प्रयत्नमा छौं ।

युवा निर्माताको रूपमा यो क्षेत्रमा आउन चाहने नवनिर्मातालाई तपाईंको सन्देश के छ ?
चलचित्र निर्माणलाई पेशागत रूपले लिनुहोस् । अन्य विजनेशभन्दा यो अलि फरक छ । यो क्रिएटिभ क्षेत्र हो । यसमा रातारात करोडपति बनिने मात्रै होइन सडकमा पुगिने सम्भावना धेरै हुन्छ । यो क्षेत्रलाई सरकारले लगानी सुरक्षाका लागि कुनै सुविधा दिएको छैन । त्यसमाथि नेपाली चलचित्रकर्मीबीच नै अस्वस्थ प्रतिस्पर्धा छ । एकले अर्काेको अस्तित्व स्वीकार्ने, सहयोग गरुँ भन्नु भावनाको निकै कमी छ । त्यसकारण राम्ररी बुझेर, लगानी सुरक्षाको प्रत्याभूति गरेरमात्रै आउनुहोस् भन्न चाहन्छु् ।

दयाहाङ र मिरुना स्टारर ‘कबड्डी ४’ र ‘जारी’ ले व्यावसायिक रेकर्ड कायम गरेका छन् । ‘नाङ्गो गाउँ’ चाहिँ रेकर्ड तोड्ला त, के छ विश्वास ?
हामीले हाम्रो चलचित्रको अहिलेसम्म सार्वजिनक सामग्रीबाट निकै सकारात्मक प्रतिक्रिया पाएका छौं । हामीले उठाएको विषयप्रति आमदर्शकले देखाउनुभएको चासो हेर्दा हामी धेरै सफल हुन्छौं, नयाँ व्यावसायिक रेकर्ड कायम हुनेछ भन्नेमा पूर्ण विश्वस्त छौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?