सिटिजन्सद्वारा कम्पोष्ट बिन हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल कोल्हुवा शाखाले कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लाष्टिक कम्पोष्ट बिन प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पोष्ट बिन सहयोग प्रदान गरेको हो । एक समारोहबीच कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र नेपाललाई उक्त सामग्री हस्तान्तरण गरिएको बंैकले जनाएको छ । कम्पोष्ट बिन प्रयोगले उपभोक्ताका भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य वस्तुबाट उत्पन्न हुने नियमित फोहोर व्यवस्थापन गर्न सहयोग पुग्नेछ ।

साथै कम्पोष्ट बिनको प्रयोगद्वारा जैविक फोहोर हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोर कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्याण्डफिल क्षमतामा भार कम पर्ने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?