सिपाहीको कब्जामा भोजपुर बजार (तस्वीरमा हेर्नुहोस्)

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुर बजार क्षेत्रलाई एक्कासी सिपाहीले कब्जामा लिएका छन । चारभञ्ज्याङ चोकमा भेला भएका सिपाहीहरुले स्थानीय सहित सडकमा गुडिरहेका सवारीका साधनहरु समेत रोकेर सोधपुछ गर्न भ्याए । हात हतियार सहित ड्रेसमा सिपाहीहरु सडकमा निस्किए पछि बजार क्षेत्र केही बेर आतंकित समेत बन्यो ।

यो घटना शनिवार भोजपुर बजारमा भएको हो । गाईजात्रा बिशेष कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाममा युवाहरुले नक्कली सुरक्षाकर्मी बनेर सिपाही जात्रा निकालेका हुन् । भोजपुरमा प्रत्येक बर्ष ब्याङयात्मक शैलीमा युवाहरुले सिपाही जात्रा निकाल्दै आएका छन् ।

परम्परागत संस्कृतिहरुको जर्गेना गर्दे मनोरञ्जन समेत प्रदान गर्ने उद्धेश्यका साथ युवाहरुले शुक्रवार रोपाई जात्रा निकालेका थिए भने सो पश्चात सिपाही जात्रा निकालेका हुन । लोप हुन नदिन भोजपुरका युवाहरु लाखे नाचको संरक्षण सहित परम्परा र संस्कृति जगेर्नाका छुटेको भोजपुर बजार लाखे समाजका अध्यक्ष बिनम श्रेष्ठले बताउनुभयो ।

भोजपुरमा नागपञ्चमीबाट लाखे नाचसहित बिभिन्न कार्यक्रमहरु हुँदै आईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?