ग्लोकल टिन हिरो उपाधि तिवारीलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित ग्लोकल टिन हिरो २०२३ को उपाधि श्रुति तिवारीले प्राप्त गर्नुभएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साह प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अन्य माझ चिनाउने कार्यक्रम गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपालको यो नवौँ संस्करण हो । शिक्षा, उद्यमशीलता, कूटनीति एवं अन्य विविध क्षेत्रका व्यक्तित्वको उपस्थितिमा एक समारोहबीच शनिबार ग्लोकल टिन हिरो नेपाल २०२३ को घोषणा गरिएको हो ।

ग्लोकल टिन हिरोका अन्तिम छ प्रतिस्पर्धीमा आर्यन सिग्देल, शिक्षक र अभियन्ता, तनहुँ, अथित अधिकारी, सामाजिक उद्यमी, बाँके, माधव खनाल, लेखक, लमजुङ, निराजन रिमाल, विज्ञान उत्साही, काठमाडौं , प्रीति पन्त, सामाजिक अभियन्ता, गुल्मी र श्रुति तिवारी, वातावरण अभियन्ता धनुषाबीच प्रतिस्पर्धा भएको थियो । श्रुति समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो समर्पण देखाउँदै विभिन्न सामाजिक र वातावरणीय पहलमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ ।

बालअधिकारका लागि उहाँले बालविवाह र दुव्र्यवहारबारेमा सचेतना जगाउनुभएको छ । साथै प्लाष्टिक म्यान अभियानलगायतका प्रभावकारी अभियानमा पनि भाग लिनुभएको छ । विभिन्न संघसंस्था र समुदायसँगको सक्रिय संलग्नता र सहकार्यबाट उहाँ १२ बालविवाह र तीन बाल दुव्र्यवहार रोक्न र व्यक्ति र समग्र समाजको जीवनमा दिगो प्रभाव छोडेर अर्थपूर्ण परिवर्तन ल्याउन सफल हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?