एमालेको लुम्बिनी प्रदेश अधिवेशन: हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि अन्ततः चुनाव हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिएको निर्देशन अलपत्र परेको छ ।

दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन। सर्वसम्मत हुन नसकेपछि सोमबार राति ८ बजेदेखि मतदान हुने भएको छ। अहिले साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

त्यसपछि राति ८ बजेदेखि मतदान सुरू गरिने निर्वाचन आयोगका प्रमुख हरि भण्डारीले वताउनु भयो।
प्रदेश अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेल चुनावी मैदानमा छन्। उनीहरूबीच सहमति हुन नसकेपछि चुनावबाट नयाँ नेतृत्व तय गर्न लागिएको हो। प्युठानका रिजाललाई महासचिव शंकर पोखरेल र पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन छ।

सचिवमा निर्विरोध आचार्य

एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा निर्वारोध निर्वाचित दाङका लक्ष्मण आचार्यले आफूलाई हरि रिजाल पक्षको भनेर प्रचार गरिएको भन्दै त्यो गलत भएको बताउनु भयो ।

रिजाल यसअघि पनि प्रदेश कमिटी सचिव हुनुहुन्थ्यो ।सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले वताउनु भयो।

आर्चायले प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिनुभएको थियो। आफू निर्विरोध निर्वाचित भएपछि आचार्यले आफूलाई केही सञ्चारमाध्यमले नियोजितरुपमा अमुक पक्षको भनेर प्रचार गरेको तर आफू रिजाल पक्षको नभएको वताउनु भयो । ‘केही मिडियाले मलाई हरि रिजालको भनेर लेखेछन् त्यो हुंदै होइन’–रिजालले भन्नु भयो । ५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?