सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआइबीले लियो बयान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिनामंगलबाट बरामद भएको ६० किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।

तस्करीमा उनको समेत कनेक्सन देखिएपछि उनलाई अनुसन्धानमा तानिएको स्रोतले बतायो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ ।

होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङमार्फत तस्करीमा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान सुरु गरेको हो।

प्रहरीले उनीहरूको ‘कनेक्सन’बारे अनुसन्धान सुरु गरेको छ ।

पुनलाई आइतबार सीआइबीमा बोलाएर सोधपुछ गरिएको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने स्रोतको भनाइ छ ।

३ साउनमा राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो ।

त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना हालसम्म पक्राउ परिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?