काठमाडौं । मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणको तयारी पूरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पूरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ ।
यही भदौ २१ गते गोरखा, २२ गते पोखरा, २३ गते चितवन र भदौको ३० गते काठमाडौंमा अडिशन हुँदैछ । इटहरी तथा भारतको सिक्किममा अडिशन कार्यक्रम भइरहेको आयोजकले जनाएको छ ।
अडिशनबाट छानिएर आएका प्रतियोगिलाई काठमाडौंमा व्यक्तित्व विकास, भाषा-संस्कृति, जीवन विज्ञानलगायत विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विशेषज्ञबाट २१ दिने तालिम प्रदान गरिने उनीहरूलाई विभिन्न सामाजिक कार्यहरूमा समेत संलग्न गराइने अध्यक्ष तृष्णा गुरुङले बताउनुभयो ।
मिस गुरुङका उपाधि विजेताले नगद पुरस्कारसहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ । उपाधि विजेताले नगद पुरष्कार पाँच लाख, मिस पपुलर अवार्ड विजेताले तीन लाख तथा फष्ट रनरअपले दुई लाख सेकेण्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले नगद २५ हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच