उदयपुर जिल्ला अस्पतालको अक्सिजन प्लान्ट ६ महिनादेखी बन्द

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट ६ महिनादेखी प्रयोग विहिन अवस्थामा रहेको छ ।

कोरोनाको समयमा प्रदेश सरकारको ७२ लाख लागतमा निमार्ण भएको अक्सिजन प्लान्ट हाल फागुन महिनादेखी बिग्रिएर थन्किएको हो ।
यता अक्सिजनकै अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् ।

अक्सिजन प्लान्टको बिग्रिएको सामान फेर्न ७ लाख लाग्ने र चिनबाट ल्याउनुपर्ने भएकाले मर्मत नगरिएको अस्पतालका प्रशासन प्रमुख योगेश्वर खनालले बताउनुभयो ।

अक्सिजन प्लान्टको क्षमता थप गर्न ५० लाख भन्दा बढी खर्च लाग्ने र पुरानो मर्मत गर्न समेत महंगो भएकाले बाहिरबाटै अक्सिजन ल्याउने गरिएको उहाँको भनाई छ । उहाँका अनुसार यातयात खर्च बाहेक प्रतिसिलिण्डर ३ सय ५० का दरले बेलकाबाट अक्सिजन ल्याउने गरिएको छ ।
बिग्रिनुभन्दा पहिले उक्त प्लान्टबाट दैनिक ५/६ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो ।

अक्सिजनकै अभावमा केहि दिन अघि त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाट, त्रियुगा नगरपालिका-२ मोथियाई र खोटाङको बाराहापोखरी-१ घरभई हाल गाईघाट बस्दै आएका व्यक्तिहरुलाई बिराटनगर लानुपरेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् । यता बिग्रएको प्लान्ट संचालन गर्ने तर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?