म्याग्दी क्याम्पसमा तालाबन्दी: स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बुहमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।

स्ववियु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको बिरोध जनाउँदै सोमबार निर्वाचन कार्यालयमा कार्यालयमा ताला लगाएको हो ।

उक्त संगठनकी म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनिषा दर्जीले सञ्चालक समितिको निर्णय सच्चाउनुपर्ने माग गरेको बताउनुभयाे । ‘भर्ना र दल दर्ताको प्रक्रियामा असहमति छ’ विज्ञप्तीमा भनिएको छ ।

चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियु निर्वाचनका मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, उम्मेदवारी मनोनयनलगायतका कार्यतालिका प्रभावित भएको निर्वाचन अधिकृत श्रीधर सुबेदीले बताउनुभयाे ।

‘विद्यार्थी संगठनसँग छलफल गछौं, सबैको सक्रियतामा स्ववियूलाई सम्पन्न गर्नुपर्छ’ निर्वाचन अधिकृत सुबेदीले भन्नुभयाे । सोमबार भएको विद्यार्थी संगठनको छलफलमा समेत स्ववियू निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीको विषयमा विद्यार्थी बिच फरक फरक राय प्रस्तुत भएको थियो ।

सञ्चालक समितिको निर्णयअनुसार पछिल्लो समय भर्ना भएका र स्ववियूको मिति घोषणाको दिन यता भर्ना भएका विद्यार्थीको विषयमा विद्यार्थी संगठनमा सहमति भएको छैन् । तालाबन्दीको विषयमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गण्डकी प्रदेश संयोजक सुदिन पौडेलले केही संगठनले निर्वाचन विथोल्ने प्रयास गरेको आरोप लगाउनुभएकाे छ । म्याग्दी बहुमुखी क्याम्पसमा ९ सयको हाराहारीमा मतदाता छन् । स्ववियु निर्वाचन चैत्र ५ गतेलाई तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?