एक वर्षदेखि मेरै लाइसेन्स पेन्डिङमा छ : मन्त्री ज्वाला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्तमान सरकार बजेट बनाउने चपेटामा रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आर्थिक पत्रकार संघ नाफिजद्वारा आयोजित ‘इलेक्ट्रिक मोबिलिटीः सजेसन्स फर पोलेसी एण्ड बजेट २०८०/८१’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारमा आउने बित्तिकै आर्थिक चपेटामा रहेको अवस्थामा आगामी आर्थिक वर्षको बजेट बनाउने चपेटामा सरकार रहेको बताउनु भयो ।

उहाँले बजेट बनाउनलाई आर्थिक अवस्था राम्रो भएमात्रै बजेट राम्रो आउने बताउनु भयो। उहाँले मुलुकको वर्तमान आर्थिक अवस्था अत्यन्त समस्या ग्रस्त रहेको दाबी गर्नुभयो । उहाँले भौतिक मन्त्रालयको चालु आर्थिक वर्षमा १६७ अर्ब रहेको बजेटमा घटेर आगामी आर्थिक वर्षको लागि अर्थमन्त्रालयले ११३ अर्बको मात्रै सिलिङ दिएको गुनासो गर्नुभयो ।

उहाँले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको मन्त्रालयको बजेटमा आकाश र पातालको फरक भएको भन्दै ठूला गौरवका आयोजनामा ५० प्रतिशत बजेट घटाउनु पर्ने अवस्था आएको बताउनु भयो। उहाँले सरकारको आगामी नीति कार्यक्रम र बजेटमार्फत सार्वजनिक सवारीसाधनलाई विद्युतीयतर्फ लग्न प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भयो। उहाँले सार्वजनिक सवारीलाई विद्युतीयतर्फ लैजाने गरी व्यवसायीलाई समेत आकर्षित गर्ने विषयमा सरकारले प्राथमिकतामा राख्ने बताउनु भयो। मन्त्री ज्वालाले अब आउने बजेटमा पनि यो विषयलाई प्राथमिकतामा राख्न महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

उहाँले नेपालको उर्जा विगतको भन्दा उर्जा निर्यात गर्नसक्ने अवस्थामा रहेको बताउनु भयो। उहाँले सार्वजनिक सवारीलाई विद्युतीय बनाउँदा उर्जाको उपयोग हुने, वातावरणीय प्रदुषणको हिसावमा पनि फलदायी रहने भन्दै सरकारले यसतर्फ विशेष ध्यान दिएको बताउनु भयो । उहाँले सार्वजनिक सवारीसाधनलाई विद्युतमा लगेको खण्डमा सस्तो र सुलभ भाडा हुने र नेपालको व्यापार घाटा कम गर्न योगदान पुग्ने बताउनु भयो ।
मन्त्री ज्वालाले विद्युतीय सवारीसाधनतर्फ व्यक्तिगत रुपमा आकर्षण बढेपनी सार्वजनिकतर्फ मानिसको ध्यान निकै कम पुगेको भन्दै सार्वजनिक सवारीसाधनतर्फ आकर्षण बढाउन नसकेसम्म इन्धनमा व्यहोर्नुपरेको व्यापार घाटा कम नहुने बताउनु भयो। मन्त्री ज्वालाले एक वर्षदेखि आफ्नो सवारी लाइसेन्स ‘पेन्डिङ’मा रहेको बताउनु भयो ।

उहाँले आफ्नो लाइसेन्स प्रक्रियाको क्रममा रहेको भन्दै यातायात क्षेत्रमा धेरै विसंगति रहेको बताउनु भयो। उहाँले लाइसेन्समा पाउने ढिलासुस्ती हुने जस्ता कारणलाई सुधार गर्न आफू लागिपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै,नेपाल अटो मोबाइल्स एशोसिएशन अफ नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले उचित किसिमको सहुलित तथा अनुदान नीति नल्याएसम्म विद्युतीय सार्वजनिक सवारी साधन आउन नसक्ने बताउनु भयो। उहाँले पछिल्लो समय निजी प्रयोगका लागि विद्युतीय सवारी साधान बढ्दै गएपनि सरकारले उचित नीति नबनाउँदा ठूला सार्वजनिक सवारी साधन बढ्न नसककोे बताउनु भयो । उहाँले सार्वजनिक विद्युतीय सवारी साधन बढाउनको लागि सरकार र निजी क्षेत्रबीच आवश्यक नीतिको विषयमा समन्वय र छलफल गर्न आवश्यक रहेको बताउनु भयो।

त्यस्तै,आन्तरिक राजश्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोके बमोजिमको कर लिइरहेको बताउनु भयो । उहाँले सरकारले तोकेअनुसारको कर संकलन गरिरहेपनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको बताउनु भयो ।

निर्देशक प्याकुरेलले विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेको भन्दै विश्वको सम्पूर्ण ध्यान नै यसतर्फ केन्द्रित भएको बताउनु भयो । उहाँले नेपालले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिन जरुरी रहेको बताउनु भयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?