लुम्बिनी गुरुयोजना पूरा गर्न नै उपाध्यक्षको जिम्मेवारी : डा. ल्हारक्याल लामा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

रुपन्देही । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना पूरा गर्न भनेर नै आफू यहाँ आएको बताएको बताउनु भएको छ । उहाँले केही काम गरेर देखाउन आफूले जिम्मेवारी लिएर लुम्बिनी बिकास कोषमा आएको बताउनु भयो ।

लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना समयअनुसार परिमार्जन हुनुपर्ने तर सम्बन्धीत क्षेत्र र निकायसँग समन्वय गर्नुपर्ने र परामर्श लिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘लुम्बिनीमा ३०० फिट अग्लो बुद्ध मूर्ति बनाउन पाए के हुन्छ ? तर, त्यो गुरुयोजनाभित्र पर्दैन ।’ उहाँले लुम्बिनीस्थित मायादेवी मन्दिर नयाँ डिजाइनमा आकर्षक बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मायादेवी मन्दिर पुनःनिर्माणका लागि व्यक्तिगत रुपमा ७ करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेको हुँदा उक्त रकम छिटै उपलब्ध गराउने वताउनु भयो।

‘अब ६/७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा पनि समस्या छ । उहाँले भन्नुभयो, ‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु, केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने छु । ’

उपाध्यक्ष डा. लामाले लुम्बिनीको अपेक्षित रुपमा प्रचारप्रसार हुन नसकेको बताउनु भयो । डा लामाले भन्नुभयो, ‘विश्वमा डेढ अर्ब बौद्ध धर्मावलम्बीहरु छन्, त्यसको केही प्रतिशत मात्र पनि लुम्बिनीमा ल्याउन सकिए त्यसले नेपालको विकासमा टेवा पुर्याउँछ । ’ लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने गरी योजना कार्यान्वयन गर्ने बताउनु भयो ।

लुम्बिनीका गुम्बा बिहारमा सञ्चालित गेष्ट हाउस दर्ता हुनुपर्ने र कर तिर्नुपर्ने बताउनु भयो । उहाँले कानूनी दायरामा सञ्चालन हुने कुरा रोक्न नसकिने वताउदै आफू पवित्र भूमि बुद्ध जन्मस्थल लुम्बिनीमा आएकाले परिणाम आउने गरी काम गर्ने र कामको गतिलाई अझ बढाउने बताउनु भयो ।

उपाध्यक्ष डा. लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाउको बताउँदै यसका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने बताउनु भयो ।

उपाध्यक्ष डा लामाले आफू कमाउनका लागि भनेर लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान पुर्याउने आफ्नो उद्देश्य रहेको वताउनु भयो उहाँले कर्मचारीहरुलाई आर्थिक अनुशासन र पारर्दिता कायम राख्न निर्देशन दिइएको बताउनु भयो ।

१७ वर्षमा पूरा गर्ने लक्ष्यसहित बनेको लुम्बिनी गुरुयोजना ४५ वर्षमा पनि पूरा हुन सकेको छैन । सन् १९७८ मा विश्वकै प्रख्यात जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले ६ वर्ष लगाएर लुम्विनी गुरुयोजना तयार पारेको थियो । गुरुयोजना बन्दा सन् १९९५ मै सम्पन्न गर्ने लक्ष्य थियो ।

तर, हालसम्म गुरुयोजनाको कति प्रतिशत काम पूरा भयो भन्ने यकिन छैन । लुम्बिनी विकास कोषका अधिकारीहरुले कहिले ८० प्रतिशत, कहिले ८५ प्रतिशत त कहिले ७५ प्रतिशत काम पूरा भएको फरक–फरक अभिव्यक्ति दिन्छन् । गुरुयोजना बनेपनि सरकारको प्राथमिकतामा नपर्दा र पर्याप्त बजेट विनियोजन नहुँददा झण्डै २५ वर्षसम्म गुरुयोजनाको काम कछुवाको गतिमा अघि बढेको लुम्बिनी विकास कोषको भनाइ छ ।

लुम्बिनी गुरुयोजना बनेपछि कार्यान्वयनको लागि सन् १९७८ मा विकास समिति गठन ऐन २०१३ का आधारमा लुम्विनी बिकास समिति गठन भयो । वि.सं. २०४२ (सन् १९८५) मा लुम्बिनी बिकास कोष ऐनद्वारा लुम्बिनी विकास कोष गठन भएपछिमात्र गुरुयोजनाको कार्यान्वयन शुरु भएको हो । वि.सं. २०५५/५६ सालदेखि मात्रै गुरुयोजनाका कामले गति लिन थालेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?