भोजपुरमा उत्साहजनक रुपमा यसरी निकालियो श्रीकृष्ण रथयात्रा (तस्वीर)

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । श्रीकृष्ण प्रकाट्य भएको खुशीयालीमा भोजपुर सदरमुकाम सहित जिल्लाका बिभिन्न स्थानहरुमा स्थानीयको उत्साहजनक सहभागितामा बिहिवार बृहत रथयात्रा निकालिएको छ ।

सामाजिक तथा धार्मिक एवं जातजाती सम्बद्ध समुहको सक्रिय सहभागितामा बिभिन्न झाँकीहरु सहित निकालिएको रथयात्रामा उत्साहजनक सहभागीता देखिएको छ । भगवान श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेर विजयी हासिल गरेकाले कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिन्छ । सर्वसाधारणहरु ठुलो संख्यामा आफनो नियमित कामकाज छोडेर यो रथ यात्रामा सहभागी हुने गर्छन ।

भोजपुर बजार क्षेत्रहरुमा रथयात्रा परिक्रममा गरिएको छ । लाखे नाच, बिभिन्न देवी देवताकारुपमा निकालिएका बालबालिकाहरु, परम्परागत ठाकठुके नाच, भजन कृतनले छुटै आर्कषण देखिएको थियो । भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमबाट समेत लाखे, ठाकठुके नाच र भजनहरु निकालेको थियो ।

परम्परागतरुपमा चल्दै आएका धर्म संस्कृतिको संरक्षणमा बोखिमवासी पनि लाखे परेको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । सदरमुकाम सहित दाँवा, दिंला, टक्सार लगायतका क्षेत्रमा पनि रथयात्रा सहित बिभिन्न प्रस्तुतीहरु देखाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?