अझैसम्म नेपाली कांग्रेसको निमित्त बीपी विचार सबैभन्दा महत्वपूर्ण तत्व हो भन्ने गरिन्छ । नेपाली कांग्रेसका आस्थावानहरूबाट विषेशतः साउन र भदौ बीपीका सम्झनामा अनेकौं कार्यक्रमको आयोजन हुने गर्दछ । यताका केही वर्षहरूमा यी कार्यक्रम कर्मकाण्डी हुँदै गएको जस्तो देखिए पनि यस्ता कार्यक्रमले नेकासँग बीपीलाई जोडेर राख्छ । यो कुरा स्वभाविक हो, त्यसैले यसलाई धेरै चर्चा गर्न आवश्यक छैन । बीपी विचारप्रति कांग्रेसजनहरूको चासो हुने नै भयो तर कांग्रेसमा आस्था नभएका पनि यसमा चासो पलाएको छ । यो चासोको कारण भने सामान्य छ । त्यो हो विभिन्न परस्परविरोधी विचार राखेर पनि कांग्रेसजनहरू त्यसलाई बीपी विचार भन्ने गर्दछन् । बीपी विचारको नेपाली कांग्रेसमा महत्वको निरन्तरता छ कि क्रमभंग हुँदैछ भन्ने कुराले सबैमा चासो पैदा गर्न अस्वभाविक होइन ।
कुनै पनि राजनीतिज्ञले आफ्नो विचार वा सिद्धान्त एकै स्थानमा लिपिबद्ध गरेका हुँदैनन् । उनीहरू हमेशा कार्यक्षेत्रमा हुन्छन् । त्यसैले अन्तिम अवस्थासम्म पनि परिष्कार गर्ने प्रयत्न गरिरहेका हुन्छन् । नित्य त्यसको विविध व्याख्या गरिरहेका हुन्छन् ।
नेपाली कांग्रेसमा विचारक तथा चिन्तकहरूको कमी छैन । बीपीको जीवनकालमा सानिध्य पाउनेहरूको पनि लामै लर्को छ । बीपीलाई प्रत्यक्ष देख्ने सुन्ने अवसर पाएकाहरू अध्यावधि छदैछन, प्रोढ तथा वयोवृद्ध भए पनि । बीपीको विचार बारे सबैको व्याख्या एक समान छैन, एक समान नभएको मात्र होइन कुनै–कुनै व्याख्या त परस्परविरोधी छन् । यस्तोमा बीपी सानिध्य पाउन वञ्चित युवा अनि स्वतन्त्र व्यक्ति पनि बीपीको विचार र सिद्धान्त लिपिबद्ध भएको प्रमाणिक दस्तावेज खोज्न थालेका छन् । यसको अर्थ अब वास्तविक पुराना पुस्ताका विचारक, चिन्तक वा नेताहरूको व्याख्या आँखा चिम्लेर स्वीकार गर्ने सोचमा नयाँ पुस्ता छैन । यहाँ भन्न खोजिएको नयाँ पुस्ता चाहिँ बीपीलाई प्रत्यक्ष देख्ने वा सुन्ने अवसर नपाएका हुन् । यो विचार र सिद्धान्तको कुरा पछि जानेसुनेका हुन् यसमा व्यक्तिको उमेरले नयाँ वा पुराना भनिएको होइन ।
कुनै पनि राजनीतिज्ञले आफ्नो विचार वा सिद्धान्त एकै स्थानमा लिपिबद्ध गरेका हुँदैनन् । उनीहरू हमेशा कार्यक्षेत्रमा हुन्छन् । त्यसैले अन्तिम अवस्थासम्म पनि परिष्कार गर्ने प्रयत्न गरिरहेका हुन्छन् । नित्य त्यसको विविध व्याख्या गरिरहेका हुन्छन् । त्यसैले आफ्नो कुरा वा इतिवृत्तान्त लिपिबद्ध गर्ने फुर्सद हुँदैन । त्यसैले जति पनि राजनीतिज्ञहरूको यस प्रकारका लेखन उपलब्ध छन् ती सबैजसो कारागार या नजरबन्दमा लेखिएको पाइन्छ । त्यसबेला उनीहरूले जीवनमा अपेक्षाकृत ज्यादा फुर्सद पाएका हुन्छन् । आफ्नो स्वतन्त्रताको हनन् भएको अनुभूतिले यस्ता लेखनमा कहिले प्रभाव पार्छ कहिले पार्दैन । आफू पात्र नभएको कुरा लेख्दा प्रभाव नपर्न सक्छ नत्र प्रभाव पर्छ । यो कुरामा बीपी पनि अपवाद थिएनन् । उनी नेपाली कांग्रेसको इतिहास लेख्न चाहन्थे तर सुरु गर्न सकेनन् । कारण जतिखेर उनी सुन्दरीजलमा बन्दी थिए त्यो समय कांग्रेसको इतिहास लेख्ने होइन बनाउने बेला थियो ।
आत्मकथा लेख्न सुरु गरेर पनि छोडेका कारण आत्मवृत्तान्तको सुरुको दोस्रो अनुच्छेदमा छ, भन्छन् ‘मलाई लाग्दछ, अझ त्यो समय आइसकेको छैन कि म आफ्नो बारेमा लेखौं । मलाई निरन्तर के लागिरहृयो भने मेरो काम बा“की नै छ’ । त्यसैले बीपीको सिद्धान्त र विचारको बारेमा एकै स्थानमा सामग्री उपलब्ध छैन र हुन पनि सक्दैन । यो काम जीवनकालमा नै साथ रहेका सहयोगीहरूले लिपिबद्ध गर्दै गएर त्यसलाई सम्बन्धितलाई देखाएर आवश्यक परिमार्जन गरेरमात्र सम्भव हुन्छ । त्यसै पनि सक्रिय जीवनमा कसैको पनि कामकुराले सिद्धान्त र विचार संज्ञा पाउने हैसियत पाएको हुँदैन । त्यो त सक्रिय जीवनको विश्रामपछि मात्र सम्भव छ । कसैको सम्पूर्ण जीवनको अध्ययन गरेर, विभिन्न समय र परिस्थितिमा व्यक्त गरेका विचार संकलन गरेरमात्र कसैको विचार यो हो भनेर भन्न सकिन्छ ।
त्यसमा पनि कतिपय अभिव्यक्तिहरू रणनीतिक पनि हुन सक्छन् । कुनै विचार रणनीतिक हो वा विचार हो भनेर जान्न पात्रद्वारा सम्पादन गरिएका कामसँग त्यो अभिव्यक्ति मेल खाएको छ कि छैन निक्र्यौल गर्नुपर्दछ । बीपीको सिद्धान्त र विचारका बारेमा पनि यही नियम लागु हुन्छ । उनको परिवार, सहयोगी आदिसँग गरिएका कुराकानी, देखाइएका व्यवहार सूचनाका अमूल्य स्रोत हुन् । निश्चय यस्ता कुरा स्नेह गरिएका पारिवारिक सदस्यलाई ज्यादा थाहा हुन्छ । कतिपय कुराहरू, आफ्ना द्विविधा सहयोगी, समर्थकलाई भनिने गरिँदैन ।
न मानसिक पीडा वा उद्वेग नै परिवारबाहिर जान्छ । कति कुरा मान्छेले आपैंmमा सीमित राख्छ तर पनि साथ रहने परिवारको सदस्यले त्यसको अनुभूति गर्दछ । त्यो सुख, दुःख, हर्ष, पीडा परिवारका सदस्यहरूले समरूपमा भोगेका हुन्छन् । यो साझा भोगाइ अन्य सहयोगी, सहकर्मी आदिसँग हुँदैन । बीपीको मृत्युपछि उनको विचार र सिद्धान्तको बखान गर्ने धेरै निस्किए । बीपी अध्ययनको निमित्त संघ-संगठन पनि खुले तर अपवाद छोडेर सबैजसोको प्रयत्न आफ्नो कुरालाई कसरी बीपी विचार भनेर प्रक्षेपित गर्न सकिन्छ भन्ने नै रहृयो ।
बीपीका बारेमा अनगिन्ती प्रवचनहरू भए । ती प्रवचनहरूमा चना खाएर जीवन धानेको, बन्दी जीवनको कष्ट भोगेको जस्ता कुरामात्र बारम्बार भए । आफूलाई स्नेह गरेको सँगै बिताएका पलको सम्झनामै यस्ता प्रवचन सीमित भए । यस्ता प्रवचनहरूमा उनले लेखेर बोलेर व्यक्त गरेका उद्गारहरू पनि आफू अनुकूल भएका मात्र उल्लेख गरिने गर्दछ । उनका परस्परविरोधी जस्तो लाग्ने उद्गारहरूको विवेचन आवश्यक थियो ।
उनले गरेका कामहरू र त्यससँग मिलेका उद्गार अनि नमिलेका भनाइहरू नकेलाई नयाँ पिँढीले खोजेको जस्तो सिद्धान्त र विचारको संकलन बन्दैन । यस क्रममा बीपीको बोली रेकर्ड गरेर त्यसलाई सम्पादन र प्रस्तुत गर्ने गणेशराज शर्माको प्रयत्न अद्वितीय रहेको छ । जीवनको अन्ततिर आफ्नो अन्तिम समय भएको अनुभूति भएर व्यक्त गरिएका ती कुराहरूले बास्तवमै उनको विचार र सिद्धान्तको अपेक्षाकृत सही अनुमान गर्न सकिन्छ । भनिन्छ, मृत्यु नजिक देखेको मान्छेको अभिव्यक्ति अपेृक्षकृत रूपमा इमानदार हुन्छ ।
यस अनुसार मोटामोटी देखिएको रूपरेखा उनको उत्तराधिकार सम्हालेका जीपीले लिएको बाटोको ठीक उल्टो देखिन्छ । उत्तराधिकार सम्हालेका भाइले लिएको बाटो नयाँ पिँढीका कांग्रेसजन बीपीको विचारसँग मेल खाएको देख्दैनन् । जहाँ भाइको रूपमा सहयोगी भएर गिरिजाले बीपीलाई अध्ययन गरे त्यही उनका छोराछोरी अनि स्नेह गरिएकी भान्जीको अध्ययन पनि छ । पार्टीमा अविछिन्न अभिन्न भएर साथ रगत पसिना बगाएका गणेशमानजी, किशुनजीले जीपीभन्दा ज्यादा बीपी बुझेका थिएनन् भन्ने आधार छैन ।
बीपी विचार बुझ्न धेरै सहायता गर्ने दस्तबेजको रूपमा अन्त समयमा इमानदारीपूर्वक भविष्यलाई सुम्पेको उनको बोलीमा आधारित किताब ‘आत्मवृत्तान्त’ हो । यसमा उल्लेखित अभिव्यक्ति, विवरण अन्य स्थानमा पनि आएका कुरासँग भिडाएर हेर्दा मोटामोटी यस्तो रूपरेखा बन्छ ।
बरू छोरा प्रकाश र भान्जी शैलजा जीपीभन्दा आफूलाई ज्यादा बुझ्ने बीपीले ठानेको कुरा आत्मवृत्तान्तमा देखा पर्दछ । जीपीको हात पर्ने बित्तिकै जसरी पार्टीबाट बीपी बुझेका अरूहरूको प्रभाव हटाइयो त्यसले त्यही बेलादेखि नेपाली कांग्रेसमा वास्तविक बीपी विचार समाप्त भयो र त्यही नाममा जीपी विचार हावी भयो भन्ने अड्कल गर्न कुनै कठिन कुरा होइन ।
केही स्पष्ट विरोधाभाषको चर्चा गर्नैपर्ने हुन्छ । बीपी विचार बुझ्न धेरै सहायता गर्ने दस्तबेजको रूपमा अन्त समयमा इमानदारीपूर्वक भविष्यलाई सुम्पेको उनको बोलीमा आधारित किताब ‘आत्मवृत्तान्त’ हो । यसमा उल्लेखित अभिव्यक्ति, विवरण अन्य स्थानमा पनि आएका कुरासँग भिडाएर हेर्दा मोटामोटी यस्तो रूपरेखा बन्छ । बीपीमा बहुदलमात्र होइन त्यसमा बहुविचार पनि हुनुपर्दछ भन्ने सोच भेटिन्छ । बेलाबेलामा गणेशमानजी र किशुनजीले आफ्नो कुराको विरोध गरेको प्रसंग छन् । बीपीले व्यवहारमै ती फरक मतको सम्मान गरेका छन् निषेध गरेका छैनन् । बरू हरेक किसिमका मतहरूको सम्मान गरेर काम गर्नुपर्ने कुरालाई उनी प्रजातान्त्रिक मान्थे । तर, पछि नेकामा सामान्य मतभिन्नता सहन गर्न नसक्ने स्वभाव र काम देखिने उदाहरण प्रसस्त छन् ।
सहकार्य हुनसक्छ तर सिद्धान्त छोडेर सहमति गरिन हुँदैन भन्ने कुरामा बीपी हमेशा अडिग रहे । गोर्खादलका भरतसमशेरसँग पनि सहकार्य गर्न हिचकिचाएनन् तर सहमतिको नाममा आफ्नो सिद्धान्त छोडेनन् । जीपीले सहमतिको नाममा नेपाली कांग्रेसको आधारभूत कुरामात्र छोडेनन् नेपाली कांग्रेसका संस्थापक सदस्यहरू पनि त्यागे । सहकार्यलाई सहमतिमा अनुवाद गरेर वैचारिक सैद्धान्तिक प्रतिस्पर्धाको स्थानमा सहमतीय बाटो नेपाली कांग्रेसले समात्यो । सुन्दरीजलमा बन्दीका रूपमा रहेको बेलामा राजाले बेलाइती राजदूत स्कोपमार्फत बीपीलाई संविधान आफैँ बनाएर सत्तामा सहभागी हुने प्रस्तव गरे ।
उनले आफूलाई प्राप्त मौकाको निमित्त एक्लै निर्णय गरेनन् साथीहरूको निर्णयलाई प्रमुख माने र सुवर्णजीसँग कुरा गर्नुपर्दछ भने । सत्तालाई आफ्नो सिद्धान्त, मान्यताभन्दा सानो मान्ने नेपाली कांग्रेस वर्तमानमा सत्ताको निमित्त सिद्धान्त, मान्यता, विचार आदिलाई थाती राख्नुपर्दछ भन्ने मान्यतामा पुगेको कुरा जनताको भोगाइ हो । मुलुकको हितको निमित्त, मुलुक जोडेर राख्न आवश्यक पर्ने कुराहरू आपूmलाई मन परे/नपरे पनि हुनै पर्दछ भन्ने विचार र कार्य नीति राखे । संघर्षबाट निक्लेको राम्रा कुराले मुलुुकको भलो हुन्छ त्यसैले आपूmलाई बाधा भयो भन्दैमा केही भत्काउन हुँदैन भन्ने उनको विचारको विपरीत नेकाको आफ्नो बाटो निष्कन्टक बनाउने नीति देखा परेको छ ।
यी विवेचन आधारहीन पनि लाग्न सक्छ, त्यो स्वाभाविक हो र बहुलवादको अनुकूल हो । यस्ता कुराहरूको विवेचन गरेर खार्ने जिम्मा बीपी अध्ययनका निमित्त गठित संघसंस्थाहरूको हो । यो आलेखको प्रयोजन त केवल यतिमात्र हो कि यो निकट भविष्यमा गर्नै पर्ने बहसका निमित्त केही बुँदा सामुन्ने आओस् । कसैले चाहे पनि नचाहे पनि यो बहस अब ढिलो छिटो नेपाली कांग्रेसभित्र आरम्भ हुनै पर्दछ । यो बहस टार्न खोज्नु भनेको नेपाली कांग्रेसलाई अवसानतर्फ लैजानु हो । त्यसैले कांग्रेसजनले बीपी विचार र नेपाली कांगे्रसको यो अन्तरसम्बन्ध केलाउन आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच