काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ अर्कोे महिना चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली टोलीको सेफ दि मिसन चयन हुनुभएको छ । नेपाल ओलम्पिक कमिटीको कार्यकारी बैठकले घिसिङलाई सेफ दि मिसन मनोनीत गरेको हो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपाली डेपुटी सेफ दि मिसनमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य र राखेपका बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ । बैठकले ओलम्पिक बडापत्रअनुसार सेफ दि मिसन र डेपुटी सेफ दि मिसन चयन गरेको हो । सेफ द मिसनले नेपाली टोलीको नेतृत्व गर्नुहुनेछ ।
सेफ दि मिसन खेलाडी भिलेजमा बस्नुपर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने एनओसीले जनाएको छ । बैठकले एसियाडमा भाग लिने खेल र त्यसमा सहभागी हुने खेलाडी संख्याको पनि अन्तिम निर्णय गरेको छ । जसअनुसार नेपालले २९ खेलमा २५३ खेलाडीलाई प्रतिस्पर्धामा उतार्नेछ ।
निर्णयअनुसार नेपालका तर्फबाट बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइङमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र इ-स्पोटर््समा २३ खेलाडीको सहभागिता रहनेछ ।
यस्तै, फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, हृयाण्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, कराँतेमा आठ, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा ६, पौडीमा चार, टेबलटेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा चार, भलिबलमा २४, भारोत्तोलनमा पाँच, कुस्तीमा चार तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच