आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज बुधबार तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगति भएको छ ।

मंगलबार हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि संसद बैठक स्थगित भएको हो ।

दिवंगत नेम्वाङको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको अन्तिम संस्कारका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?