युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघ (युएन) को महासभामा आफूले गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौति’ विषयक कार्यक्रममा बोल्दै उहाँले नेपाल अतिकमविकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिने गरी युएन महासभामा प्रश्तुत हुने दाबी गर्नुभएको हो । सो महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिव मुलुकहरुले भोग्नुपरेको समस्याबारे पनि जोड दिएर धारणा राख्ने बताउनु भयो । उहाँले आफ्नो चीन भ्रमणमा पनि कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिशन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै जनतामा निराशा बाँड्ने काम नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । अध्यारोमा हेर्ने र त्यतैतिर जाने काम गरे मुलुक अफ्ठ्यारोतिर नै जान सक्ने उहाँको भनाई थियो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अब अहिले युनएन भिजिटमा पनि मैले नेपालको विकासको आवश्यक्ता र प्रयासहरुबारे क्लाईमेट चेन्जको जे असर परेको छ । हिमाल सेतोबाट कालो हुँदै गएका छन् । र, यसले साउथ एशियामा मात्रै होइन, ग्लोवलमा नै यसले निकै ठूलो नेगेटिभ इम्प्याक्ट पारेको कुरालाई मैले अघि जोड दिएर उठाउने सोजेको छु अहिले । अनि लिस्ट डेभलप कन्ट्रिको चियर छौं । गरिवको नेता छ यतिबेला नेपाल । त्यो हैसियतले गरिव देशहरुकोतर्फबाट पनि हामीले केही कुरा भन्नु छ । केही नयाँ भिजन दिनुछ । त्यसपछि लगत्तै चीन भिजिटमा हाम्रो एग्रिकल्चर सेक्टरमा, म्यानेफ्याक्टरि सेक्टरमा, पूर्वाधार विकासमा, अनि टान्समिशनलाईन हामीले चीनतिर पनि किनभने अब स्थिति फेरिएको छ । त्यसमा पनि हामीेले जोड दिने प्रयास गर्दैछौं । नेगेटिभ न्यारोटिभबाट अलिकति पोजेटिभ न्यारेटिभ बनाउनेतिर सबैले बल गरौं । उज्यालोतिर हेर्ने बल गरौं । कसैले राम्रो गर्न खोजेको छ भने यसले राम्रो गर्न खोजेको छ भनेर जनतालाई भनिदिऊ । र, अलि आशावादी बनाऊ । र, मात्रै देश बन्छ । नत्र हामीले खाली अध्यारो हेर्ने, अध्यारोकै प्रचार गर्ने, निराशा देख्ने, निराशाकै प्रचार गर्ने भयो भने अपm्ठ्यारो छ । त्यसो भयो भने धेरै अपm्ठ्यारोमा जान पनि सकिन्छ । त्यसकारण सरकार प्रमुखको हैसियतले मैले यो पटक केही चिज नयाँ गर्ने जमर्को गरेको छु ।’

प्रधानमन्त्री दाहालले हाइड्रोजन इनर्जीको प्रचुर सम्भावना नेपालमा रहेकाले त्यसको विकासमा पनि आफूहरु लागि परेको दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
gautam
gautam
2023-09-13 8:28 pm

HO thulai vision tapai le dinu hunax… tyo vision ke ho, kasari implement garan sakinax, kunai ahile sammm implement garanu bhayo ki , experience kati ko xa? Newspaper and journalist ko kaam usko kura lai matrai xapnu hoin. Question garanu pani ho?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?