इसेवा र कोषबीच सेवा विस्तार सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भुक्तानी प्रदायक संस्था इसेवा प्रालि र नागरिक लगानी कोषबीच सेवा विस्तारका लागि सम्झौता भएको छ । सम्झौताअनुसार कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

सम्झौतामा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र कोषका निर्देशक सिए शोभा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । हाल ८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा र कोेषको सहकार्यले सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीप्रति अभिप्रेरित गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?