भक्तपुर। चिनियाँ निजी क्षेत्रको उच्चस्तरिय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरवार स्क्वायरमा स्वागत गर्नुभयाे । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकिय क्षेत्रहरुको अवलोकन गराइएको थियो ।
पर्यटकीय क्षेत्रहरुको अवलोकन पश्चात् भएको छलफल कार्यक्रममा भ्रमण टोली र चेम्बरका पदाधिकारीहरुबीच चिनिया जनताहरुमाझ भक्तपुरको प्रचारप्रसार गर्ने, चिनियाँ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनहरुको चीनमा प्रवद्र्धन गर्नेलगायत चिनिया कृषि प्रविधि नेपालमा भित्र्याउने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दिपककुमार मल्होत्रालगायतका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । चिनिया व्यवसायीहरुको टोली भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच