दरबारमार्गमा नयाँ रूपमा फर्कियो केएफसी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यका साथ केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपछि पुनः सञ्चालनमा आएको छ । दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।

यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन-नो वन) नेपालभरका आफ्नो स्टोरमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरूको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ल्याउने निर्णय केएफसीले गरेको छ । आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले पाँच सय २९ रुपैयाँमा डबल डाउन बर्गर ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?