निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको सचिवालय बस्दै

Read Time = 1 min

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।
पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आउनु भएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनाल पुन: वाम एकताको कुरा गर्दै आउनु भएको छ । स्थानीय तहको नतिजा पार्टीको पक्षमा नआइरहेका बेला केही दिन अघि उहाँले एमालेसँग एकता हुनसक्ने किसिमको अभिव्यक्ति पनि दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?