पूर्वमन्त्री खेमराज भट्टको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । क्यान्सर रोगक कारण काठमाडौँको वीर अस्पतालमा उपचाररत रहेका उनको बिहीबार निधन भएको हो ।

वि.सं २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?