मथुरा । राधा जन्मोत्सवमा राधारानी दर्शन गर्न आएका दुई भक्तको मृत्यु भएको छ ।
बरसानामा भएको सो दुर्घटनापछि त्रास छाएको छ । सीएम योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
शनिबार बिहान राधारानी मन्दिरमा अभिषेक गर्ने क्रममा दुई भक्तको मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार सुदामा चोकको सिँढी नजिक भीडको दबाबले निसास्सिएर ७० वर्षीय भक्तको मृत्यु भएको हो भने प्रयागराज निवासी ६० वर्षीय भक्त राजमणि राधारानीको दर्शन गर्न परिवारसहित बरसाना पुगेको बेला उनको मृत्यु भएको हो । बिहान दर्शन गर्न जाँदै गर्दा अचानक उनको स्वास्थ्य बिग्रिएको थियो ।
तर, डाक्टरले उपचार गर्नुअघि नै उनको मृत्यु भएको जनाए । राजमणिकी बहिनी शोभाले उनी मधुमेहबाट पीडित रहेको बताइन् । धर्मशालाबाट डाक्टर कहाँ लैजाँदै गर्दा बाटोमै राजमणिको ज्यान गयो ।
सीएससी इन्चार्ज मनोजले भने, 'भक्तलाई अस्पताल ल्याइएको थियो, उनको पहिले नै मृत्यु भइसकेको थियो।' एक कटारा पार्क र अर्को धर्मशालामा रहेका दुबैको शव मथुरा पठाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच