‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ त्रिपाठीलाई प्रदान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा. वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ । राष्ट्रकवि स्वर्गीय घिमिरेको १०४औं जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आइतबार शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले एक लाख रुपैयाँको राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा.त्रिपाठीलाई प्रदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दीवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेसँगै उहाँको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?