दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छः अध्यक्ष लिङदेन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताउनुभएको छ ।

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले विगत पाँच वर्षदेखि दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने राजश्व कमि भइरहेको बताउनु भयो । उहाँले उपभोक्ताहरु बढीरहेको तर राजश्व भने घटिरहेको भन्दै यसप्रति गम्भिर हुनुपर्ने बताउनु भयो ।

उहाँले प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने बताउनु भयो । प्राधिकरणले भित्राउन खोजेको प्रविधि उपयुक्त नभएमा अन्य प्रविधि भित्राउनुपर्ने बताउनु भयो । उहाँले प्राधिकरणमा भइरहेको चुहावट र भ्रष्टाचार रोक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘डेडिकेटेड लाइनको बारेमा राजस्व असुली बाँकी छ भनेर भनिएको छ । त्यो असुली हुने हो कि होइन आफ्नो ठाउँमा छ । तर त्यसलाई आम्दानी देखाएर प्राधिकरणलाई धेरै नाफामा गएको संस्थाको रुपमा अहिले स्थापित गरिएको छ । सँगसँगै त्यो नआउने पैसाको कर समेत प्राधिकरणले तिरिराखेको छ । त्यसकारण यसको चाँडै टुंगो लगाउन जरुरी छ । गएको पाँच वर्षदेखि लगातार रुपमा हामीले दूरसञ्चारबाट प्राप्त गर्ने राजश्वमा कमी आएको आएकै छ । घटेको घटेकै छ । तर उपभोक्ताहरु बढेको बढेकै छ । छिमेकी देशहरुको यसतर्फको राजश्व बढेको बढेकै छ । तर हाम्रो घटेको छ । र यो घट्ने फेरि चानचुने अंकमा छैन । खर्बौमा छ । ठूलो अंकमा हाम्रो राजश्व खेर गइरहेको छ । भ्रष्टाचार भइरहेको छ भन्नेकुरा आएको हुनाले यसमा हामीले उच्च प्राथमिकता राखेर छलफल गर्नुपर्छ । यो नियमनको लागि जुन प्रविधि भित्राउन खोजिएको छ त्यो उपयुक्त छैन भने अर्को कुन हो, तर नियमन गर्नुपर्छ र नियमन हुनुपर्छ । यस प्रकारको चुहावट, यस प्रकारको भ्रष्टाचार रोकिनुपर्छ ।’

उहाँले चाडपर्व नजिकिँदै गर्दा खाद्य पदार्थको कृतिम अभाव सिर्जना गर्ने र अप्रत्याशित ढंगले मूल्यवृद्धि हुने काम भइरहेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?