काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लागि तीनदिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले काठमाडौंमा असोज ६ देखि ८ गतेसम्म सो कार्यक्रम आयोजना गरेको हो । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा तोकिएको लक्ष्य पूरा गर्ने चार सय ५० भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो ।
साथै नेपालभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ता, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो तथा सञ्जालमा अलग-अलग उत्कृष्ट कार्य गर्ने सात लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा सातवटै प्रदेशबाट आफ्नो कोड र सञ्जालको व्यवसायबाट अलग-अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्तालाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले वर्षभरिको मिहिनेत र परिश्रमबापत तोकिएको लक्ष्य पूरा गरी कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई बधाई दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच