कोषको कार्यकारी निर्देशकमा अधिकारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारीलाई नियुक्त गरेको छ । कोष सञ्चालक समितिले अधिकारीलाई सोमबार उक्त पदमा नियुक्त गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी निर्देशकका लागि अधिकारीसहित तीनजनाको नाम सिफारिस गरेको थियो ।

उपसमितिले अधिकारीसहित लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेकोमा अनुभव, व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमतासमेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको बताइएको छ ।

कार्यकारी निर्देशकको पदावधि चार वर्षको रहनेछ । पेशाले चार्टर्ड एकाउन्टेन्ट अधिकारी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?