कालीकोट । कालीकोटको नरहरीनाथ गाउँपालिका-१ कोटबाडामा रहेको सुनथराली विमानस्थल उद्घाटन मितिमै सिमिति भएको छ । निर्माण सम्पन्न सुनथराली विमानस्थलको असोज १३ गते आज उद्घाटन गर्ने भनिए पनि विमानस्थलको उद्घाटन हुन सकेको छैन् ।
कालीकोटका जनताको भाग्य र भविष्यसँग जोडिएको सुनथराली विमानस्थल पटक-पटकको उद्घाटन मितिमै सिमित बनेको छ । गतभदौ १३ गते उद्घाटन गर्ने भनिएको विमानस्थल प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको थियो ।
भदौ १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल परीक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । त्यसकालागि तयारी समेत भएको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्डको व्यस्तता र पर्यटन मन्त्री सुदन किरातीका बुबाको निधन भएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताइएको थियो ।
पर्यटन मन्त्री सुदन किरातीले बुबाको निधन भएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताउनु भएको थियो । तर उहाँले हवाई यातायातको सम्बन्धमा कर्णालीबासी जनसमुदायको दुख र हैरानी बुझेको छु र सदाका लागि समाधान गर्न लागि परेको कुरा सामाजिक सञ्जालमार्फत भन्नुभएको थियो ।’
नरहरीनाथ गाउँपालिका-१ मा रहेको उक्तविमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो ।
यद्यपि अझै पनि यो विमानस्थलमा नियमित उडान हुन सकिरहेको छैन । यो विमानस्थलको निर्माण कार्य ०४२ सालबाट नै सुरु भएको थियो ।
पर्यटन मन्त्री किरातीले भदौ १३ गते सुनथराली विमानस्थलमा परीक्षण उडानको कार्यक्रमगर्न नसकिए पनि असोज १३ गते उद्घाटन गर्ने बताउनु भएको थियो । साउन १३ भदौ १३ र असोजको १३ तीनै पटक उद्घाटनका लागि मिति तय गरिएको भएपनि विमानस्थल उद्घाटन नहुँदा कालीकोटबासी आक्रोसमा छन् ।
लामोसमय पछि निर्माण सम्पन्न भएको विमानस्थल उद्घाटन मितिमै सिमित भएपछि नियमित उडानको आशा नै हराएको छ । बल्ल तल्ल सडक र यातायातको पहुँचमा पुगेका कालीकोटबासीका लागि विमानस्थल निर्माण हुँदा केही आशा पलाएको थियो । तर यसको उद्घाटन मितिले नै कालीकोट बासीलाई भ्रममा पारेपछि जहाज चड्ने कालीकोट बासीको सपना सपनामै सिमित भएको छ ।
भदौ १३ मा परीक्षण उडान स्थगित भएपछि पूर्वमुख्यमन्त्री शाहीले मागेका थिए माफी
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कालीकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद महेन्द्रबहादुर शाहीले भदौ १३ मा कोटबाडा (विमानस्थल स्थल) को आकाशमा जहाज उडेको देख्ने कालीकोट बासीको सपना रहेको र उक्त सपना अन्तिम समयमा आएर पूरा नभपछि माफि माग्नु भएको थियो ।
शाहीले ०७९ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावताका जसरी पनि सुनथरालीमा जहाज उडाइ छाड्ने प्रतिबद्धता जनतामाझ जनाउनु भएको थियो । उक्त प्रतिबद्धता पूरा नभएको भन्दै शाहीले मतदाता समक्ष क्षमा माग्नु भएको शाहीले, ‘प्रधानमन्त्रीको चाहना र कालीकोटको जनताको प्रतीक्षा थियो, ३८ वर्षे इतिहास बोकेको सुनथराली विमानस्थलमा जहाज देखियोस्, अर्थात् कोटबाडाको आकाशमा जहाज उडोस् ! साथै पश्चिम नेपालकै धार्मिक इतिहास बोकेको महत्त्वपूर्ण सुन्दर पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी धाम अवलोकन होस् । तर, अपसोच ! अन्तिम घडीमा भाद्र १३ गतेको त्यो सपना पूरा भएन ।’
सम्पूर्ण तयारीका बाबजुद पनि त्यो सपना पूरा हुन नसकेकोमा आफू निकै लज्जित भएको भन्दै उहाँले सम्पूर्ण कर्णाली वासी र कालीकोटका आफ्ना मतदाता प्रति क्षमा माग्नुभएको थियो ।
साथै शाहीले जस्तोसुकै परिस्थिति दोहोरिए पनि आफूले बोलेका र गरेका प्रतिबद्धताप्रति अहिले पनि इमानदार र प्रतिबद्ध रहेर लागिपरेको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच