स्वः रेशमबहादुर मगरको परिवारलाई कांग्रेसले गर्‍याे घर हस्तान्तरण

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 5 mins

सिन्धुली । दुधौली नगरपालिका–९ खिर्यानीका स्वर्गीय रेशमबहादुर मगरको परिवारलाई बनाइएको घर शनिबार हस्तान्तरण गरिएको छ ।

नेपाली काँग्रेस सिन्धुली काठमाडौँ सम्पर्क समिति र नेपाली काँग्रेस नगर समिति दुधौली, सिन्धुलीको संयुक्त पहलमा घर निर्माण गरिएको थियो । उक्त घर काँग्रेस महामन्त्री गगनकुमार थापामार्फत एक औपचारिक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको हो ।

रिवन काटेर महामन्त्री थापाले घरको उद्घाटन गर्नुका साथैे ताला र चावी स्वर्गीय रेशमको धर्मपत्नी सिर्जनालाई प्रदान गर्नुभयोे ।

पदमबहादुर र मनमायाका स्वर्गीय छोरा रेशमबहादुरको धर्मपत्नी, तीन जना छोरी र एक छोरा छन् । उहाँहरु यसअघि गाउँमै कोठा भाडामा लिएर कष्टसँग बस्दै आउनु भएको थियो ।

नेपाली काँग्रेस दुनपा–९ वडा कार्य समितिका निवर्तमान सचिव तथा क्षेत्रीय प्रतिनिधि समेत रहनुभएका रेशमबहादुरको अल्पआयुमै गत मंसिर २६ गते एक्कासी देखापरेको स्वास्थ्य समस्याका कारण मृत्यु भएको थियो ।

काँग्रेसले आफ्नो लागि चार लाखमा तीन कोठे घर निर्माण गरिदिएपछि स्वर्गीय रेशमको परिवारले खुसी व्यक्त गरेका थिए ।
स्वर्गीय रेशमको परिवारलाई घर हतान्तरण गर्ने कार्यक्रममा बोल्नुहुँदै काँग्रेस महामन्त्री थापाले कत्त्रो घर र कति स्रोतमा बन्योभन्दा पनि कुन सोचले घर बनायौँ भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो ।

‘काँग्रेस पार्टी घर विहिन कोही पनि नहोस् भन्ने चाहन्छ । हाम्रै पहलमा संविधानमा आवासको हक भनेर राखेका छौँ । तर संविधानमा राखेका कुरा हामीले चाहदा चाहदै पनि सबै व्यवहारमा अनुवादन हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

संविधानमा लेखेका कुरा प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन काँग्रेसले चाहिरहेको उहाँको भनाई थियो । पछिल्लो समय पारिवारीक भाव हराउँदै गएको होकी भन्ने भइराखेको बेला काँग्रेस सिन्धुली काठमाडौँ सम्पर्क समिति र नेपाली काँग्रेस नगर समिति दुधौली, सिन्धुलीको संयुक्त पहल तथा काँग्रसका नेता र शुवेच्छुकहरुको सहयोगमा घर निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गर्नु सत्कर्म भएको भन्दै उहाँले प्रशंसासमेत गर्नुभएको थियो ।

काँग्रेस सिन्धुली काठमाडौँ सम्पर्क समितिले यसअघि दुनपा–११ मा पनि एक पीडित परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको र आउने दिनहरुमा पनि यस्ता समाजसेवामुलक कार्यलाई निरन्तरता दिइने समितिका सभापति युवराज गुरुङले बताउनुभयोे । समितिले कोभिडको समयमा पनि सेवामुलक कार्य गरेको उहाँले स्मरण गर्नुभयो । समितिले मञ्च नभई काममा खट्ने र समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको उहाँले सुनाउनुभयो ।

दुधौली नगरपालिका–९ नेपाली काँग्रेस वडा सभापति जितु नायकको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा केन्द्रीय सदस्य उदय समशेर राणा, नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र वानियाँ, नेपाली काँग्रेश सिन्धुली सभापति उपेन्द्र कुमार पोखरेले लगायत काँग्रेस नेता तथा शुवेच्छुकहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?