सेभिल्लामाथि बार्सिलोनाको जित

Read Time = 1 min

म्याड्रिड । सर्जियो रामोसको आत्मघाती गोलमा स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिल्लालाई १-० ले पराजित गरेको छ । बार्सिलोनास्थित ओलम्पिक स्टेडियममा शुक्रबार राती भएको खेलमा रामोसको एकमात्र आत्मघाती गोल रहेको थियो । लामिन यामालको क्रसलाई रोक्ने क्रममा रामोसले बललाई आफ्नै गोलपोष्टमा धकेल्नुभएको थियो ।

धेरै अवसरहरू सिर्जना गरे पनि बार्सिलोनाले गोल भने गर्न सकेको थिएन । तर, खेलको ७६औँ मिनेटमा आत्मघाती गोल उपहार पाएसँगै बार्सिलोना तालिकाको शीर्षस्थानमा समेत उक्लिएको छ ।

बार्सिलोनाको आठ खेलमा ६ जित र दुई बराबरीसहित २० अंक छ । एक खेल कम खेलेको जिरोना र रियल म्याड्रिडको क्रमशः १९ र १८ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका यी दुई टोली शनिबार राती १०ः१५ बजे एकअर्कासँग भिड्दै छन् । यो खेलको विजयी टोली बार्सिलोनालाई उछिन्दै शीर्षस्थानमा उक्लिनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?