आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवश

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज अक्टोबर १ । अर्थात अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवश विश्वभर यो दिवश मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवश मनाउने गरिएको छ । बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कँदै गरेका बुवाले हातमा बोकेको प्लास्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।

१४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो । यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो (जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो) र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन गर्‍यो।

ज्येष्ठ नागरिक अर्थात् पाका उमेरका बृद्धबृद्धाहरू, प्रायः देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेको हुन्छ । उमेर ढल्कँदै गएपछि अरूहरूप्रति निर्भरता बढ्छ नै । जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै नेपालमा बुवा आमालाई वृद्धाश्रम पठाउने अनि हेला गर्ने चलन पनि देखिएकै छ । स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै आउने पुस्ताले हामीलाई दिने माया र सद्भाव निर्धारण गर्छ ।

उमेर ढल्कँदै गएपछि एक्लोपना बढ्दै जान्छ । आफ्ना मन मिल्ने साथीभाइको कमी अनि पुराना यादको बहावले बहकाउने गर्छ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।

संसारभरि जस्तै नेपालमा पनि मानिसको सरदर आयु बढेको छ जसले गर्दा ज्येष्ठ नागरिकहरूको सङ्ख्या पनि बढ्दै छ । हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसङ्ख्या सन् २०५०मा दुई अरब पुग्नेछ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ६० वर्ष उमेर पुगेका मानिस कुल जनसङ्ख्याको ९ प्रतिशत (करिब २५ लाख) रहेको थियो र यो अनुपात बढ्दो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?