ज्येष्ठ नागरिकको अधिकारबारे राज्यले सोच्ने बेला भइसक्योः राष्ट्रपति

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको अधिकारको संरक्षणको लागि राज्य स्तरबाट सोच्ने बेला भइसकेको बताउनुभएको छ ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना सन्देशमार्फत राष्ट्रपतिले यस्तो बताउनुभएको हो ।

उहाँले ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत भएको बताउँदै उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सकिने बताउनुभयो । ‘उहाँहरूको ज्ञान, सिप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्न सके देशको आर्थिक समृद्धि प्राप्त गर्न तथा सामाजिक सह्दयता कायम गर्न ठूलो सहयोग मिल्नेछ भन्ने मलाई लाग्दछ। साथै, देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर–घरमा ज्येष्ठ नागरिक मात्र बाँकी रहेको तीतो सत्य हामी कोहीबाट लुकेको छैन ।तसर्थ, ज्येष्ठ नागरिकहरूकोअधिकारको संरक्षण, हित र कल्याणको लागि अब राज्य स्तरबाट नै सोच्ने बेला भइसकेको छ ।’ उहाँले शुभकामनामार्फत भन्नुभएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवम् सम्मानित जीवनको लागि राष्ट्रपति पौडेलले शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।

‘आजको यस दिवसको अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीयतहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ तथा विभिन्न संघ संस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनको लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस धुमधामका साथ मनाउन लागेको जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’ शुभकामना दिँदै उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?