मुक्तक संग्रह ‘विश्रृङ्खलित सपनाहरू’को विमोचन सम्पन्‍न

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । लेखक वृष बस्नेत 'गाउँले'को मुक्तक संग्रह 'विश्रृङ्खलित सपनाहरू'को विहीबार जुम्ला सदरमुकाम खलंगामा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा कालिकोटका संघीय सभाका सांसद महेन्द्र बहादुर शाहीले उक्त पुस्तक विमोचन गर्नु भएको हो ।

जिल्लाको तिला गाउँपालिका-१ रारा निवासी बस्नेतद्वारा लिखित विश्रृङ्खलित सपनाहरू मुक्तक संग्रह मुक्तकप्रेमीका लागि महत्त्वपूर्ण रहेको पुर्वमुख्य मन्त्री शाहीले बताउनुभयो । विमोचनमा सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले साहित्य समाजको दर्पण भएको बताउँदै पुस्तक प्रकाशनले जिल्लाको साहित्य क्षेत्रमा उचाई थपेको बताउनुभयो ।

मुक्तक प्रकाशनले तिलाको साहित्य इतिहासमा नौलो आयाम थपिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । लेखक बस्नेतका यस अघि विभिन्न पत्रिकामा आगो बाल्नेहरु- कविता, आमा कविता, कर्णाली रोइरहेछ कविता, कर्णाली बन्द लेख, पानकली लघु नाटक र नचम्केका हिरा र देउवा लेख रचनाहरु प्रकाशित भइसकेका छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Govinda bahadur rawat
Govinda bahadur rawat
2023-03-03 8:11 pm

great work dear daju

रिलेटेड न्युज

छुटाउनुभयो कि ?