उपल्लो तम्घासमा महोत्सव हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागतरूपमा प्रथमपटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले जानकारी दिनुभयो । संघद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने जानकारी दिनुभएको हो । सबै उद्योगीलाई छाता संगठनमा राख्ने साझा उद्देश्यले सबै दल, पार्टी र सबैलाई समेटेर बनाएको उद्योग संघ भएको भन्दै संस्थागतरूपमा पहिलो महोत्सव गर्न लागिएको अध्यक्ष भुसालले बताउनुभयो ।

कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने संघले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘पुराना महोत्सवबाट अनुभव बटुलेका सदस्यहरू हुनुहुन्छ । महोत्सवका लागि अनुकूल समय छैन । आर्थिक मन्दी भइरहेको अवस्थामा गर्न लागिएको हो । आर्थिक चलायमान बनाउन महोत्सव गर्न लागिएको हो । महोत्सवले पैसालाई चलायमान बनाउने काम गर्छ ।’

महोत्सवमार्फत् स्थानीय उत्पादन पनि प्रवद्र्धन गरिने भुसालले बताउनुभयो । गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्त गरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उहाँको भनाइ थियो । भुसालले भन्नुभयो, ‘बिदामा घर आएको बेलामा गुल्मी के हो भनेर पढ्न सकून् भन्ने उद्देश्य छ । सिजनका उत्पादन र मेला पर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो ।’

महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि छ । लाखौंको आस्थासँग जोडिएको यस मन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुंगा’ अभियानलाई सहयोग पु¥याउने उद्देश्य राखिएको महासचिव सुदर्शन खनालले जानकारी दिनुभयो । खनालका अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशत छुट दिइनेछ । स्थानीय तहलाई एक÷एकवटा स्टल दिइनेछ । कार्यक्रम हुने स्थान रेसुंगा नगरपालिका-९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घास नाम कहाँबाट आयो भन्ने नामको पनि खोजी हुने बताउनुभयो ।

प्रेस संयोजक जनार्दन घिमिरेले स्थानीय तहले सञ्चार माध्यममा न्यून खर्च गरेको भन्दै महत्वपूर्ण सम्पदाको प्रचारका लागि काम नगरेको बताउनुभयो । पत्रकारलाई स्थानीय तहहरूले त्यसमा जोड्न नसकेको उहाँको भनाइ थियो । अनुगमन तथा निर्देशन समितिका संयोजक हरिकुमार श्रेष्ठले उद्योगी व्यापारी जिल्लाबाट पलायन हुने गरेको भन्दै दिनानुदिन सटर खाली भइरहेकाले महोत्सवले आर्थिकरूपमा चलायमान बनाउने बताउनुभयो ।

नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले मेला महोत्सवले हृयाप्पिनेसका लागि ठूलो महत्व रहेको भन्दै व्यापार व्यवसायलाई पनि चलायमान बनाउने बताउनुभयो । एक लाख अवलोकनकर्तासहित ६० करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?