११ किलो सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

दोलखामा बरामद गरिएको ११ किलो सुन तस्करी प्रकरण काठमाडौंं बस्दै आएका तासी दावाका नामले परिचित ६६ वर्षीय आगर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।

यो प्रकरणमा यसअघि दोलखाका र चिनियाँ गरी १० जना पक्राउ परिसकेका छन् ।

अभियुक्तहरुलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा अनुसन्धान भइरहेको छ ।

४ केजी, ३ केजी र ४ केजी गरी तीन पटकमा ११ केजी सुन बरामद भएको थियो ।

यस्तै, आजै प्रहरीले भेपमा सुन तस्करी प्रकरणमा मुछिएका चिनियाँ नागरिकका एक जना ड्राइभरलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा प्रहरीले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराको समेत बयान लिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?