‘कोदोजन्य उत्पादनलाई गरिवले खाने भन्ने भाष्य उल्टाउन कोदो महोत्सव’

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले प्रदेशको अग्लो स्थानमा फल्ने कोदो बालीको उत्पादन र बजारीकरण प्राथमिकतामा रहेकाले पहिलो पटक कोदो महोत्सव गर्न लागिएको बताउनु भएको छ ।

कर्णालीमा उत्पादन हुने कोदो बजारीकरण र उत्पादनलाई समायोजन गरेर लिने कुरामा मन्त्रालय लागि परेको मन्त्री शर्माले बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, “औपचारिकताका रुप अन्तराष्ट्रिय कोदो दिवस मनाउने भए सुर्खेतमै सानो कार्यक्रम गरेर मनाइने थियो । विभिन्न जिल्लाका कार्यालय प्रमुखहरु सुर्खेतमै बोलाएर मनाउन सकिन्थ्यो ।” तर कर्णालीमा उपज हुने मुल्यवान वस्तुहरुको बजारीकणका लागि यो दिवस मनाउन लागिएको हो ।

प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिती हुम्लाले आयोजना गरेको पत्रकार सम्मेलमा उहाँले यो कुरा बताउनुभएको हो । दक्षिण एसियामा सबै भन्दाबढी कोदो उत्पादन हुने देश भारत र भारत पछिको देश नेपाल हो ।

मन्त्री शर्माले भन्नुभयो, “कोदो खाने र फापर खाने वा यद्यपि कोदोजन्य उत्पादन खानेलाई सबभन्दा गरिब, न्युनस्तरको र पछि परेको भन्ने परिभाषा बनाइयो । यसलाई उल्टाउनको निम्ति आफूले परम्परागत रुपमा उत्पादन हुने चीजमै हाम्रो स्वास्थ्य लागि ठिक रहेछ, दीर्घजीवनका लागि ठिक रहेछ, र उपभोग गर्न ठिक रहेछ भन्ने सन्देश दिनको लागि हुम्ला पुगेको बताउनुभयो ।”

एउटा रिपोर्ट कर्णालीमा कुपोषण अर्थात पोषण नपुगेका कारण ख्याउटे्, पुट्का छन् भने मन्त्रालयमा पेस गरिने र अर्को कर्णालीमा सबभन्दा बढी उत्पादन हुने कोदो र फापरमा पोषण पाइन्छ भनेर अर्को रिर्पोट पेस गरिनाले खानपानमा ताैरतरिका नमिलेकाे उहाँले बताउनु भयाे  ।   उत्पादन भएको वस्तुलाई खाने तौरतरिका जान्यो भने निरोगी भइने मन्त्री शर्माले बताउनुभयो । 'सबैभन्दा बढी कोदो र फापरमा पोषण पाइन्छ । कोदो र कोदो जन्य, कागुनो, चिनो, जुनेलो लगायतका बाली पर्दछन् ।' उहाँले भन्नुभयाे ।

कर्णाली प्रदेश सरकारले लिएको नीति अनुसार कृषि मन्त्रालयले पशुपालन तर्फ र कृषि उत्पादन क्षेत्रमा लिएको नीतिमा हिमाली जिल्लामा च्याङग्रा र चौरी पालनका कार्यक्रम रहेको उहाँले बताउनुभयो । यस्तै खाद्यन्न बालीको हकमा रैथाने बालीरहेको छ । बजारीकरणसँग जोड्नका लागि खाद्य व्यापार कम्पनीसँग सम्झौता गरिने बताउनुभयो । प्रोसेसिङ र प्याकेजीङका लागि पनि कम्पनीसँग कुरा भइरहेको सहकारी मन्त्री शर्माले बताउनुभयो ।

विहिबार हुने अन्तर्राष्ट्रिय कोदो दिवस महोत्सवमा कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, सहकारी मन्त्रालयका सचिव डाक्टर नरहरिप्रसाद घिमिरे लगायतको टोली बुधबार सिमकोट पुगेको थियो ।

१८ गते विहिबार हुन लागेको कोदो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख धुर्वबहादुर शाहीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?