राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिए पछि त्रिभुवन शिक्षण अस्पताल लगिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन् ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्नमणी अधिकारीका अनुसार उहाँको मुटुको चालको मनिटरिङ गरिएको छ । ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएको हुँदा आज बिहान सबैरै यस सेन्टरमा उपचरार्थ भर्ना हुनु भएको छ,’ अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘सम्मानीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराईन्छ ।’

आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उहाँलाई त्रिभुवन बिश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?