दराज दशैँ धमाका

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दराज अनलाइन सपिङले ‘दराज दशैँ धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यका साथ दराजले ल्याएको अफरअन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भाउचर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, डेबिट तथा क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानी गरी थप छुटको फाइदा सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दराज दशैँ धमाकामा ७० प्रतिशतसम्मको छुट, सात हजार बराबरको भाउचरलगायत थुप्रै फाइदा रहेका छन् ।

अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोग गर्दा १५ प्रतिशत अर्थात् १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डमा २० प्रतिशत अर्थात् दुई हजार रुपैयाँसम्म छुट, ३ हजार पाँच सयभन्दा माथिको अग्रिम भुक्तानीमा कार्ड प्रयोगमा एक लाख बराबरको सपिङ भाउचर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?