एमाले गण्डकी प्रथम-अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल,पर्चा पम्लेट लैजान रोक लगाइएको छ ।

बिहीवार मतदान शुरु हुनुअघि प्यानलगत नबनोस् भन्नको लागि मोबाइल,पर्चा पम्लेट लैजान रोक लगाइएको हो । प्यानलगत नबनोस् भन्न र पार्टी सुदृढ गर्नको लागि निर्वाचन क्षेत्रमा प्रवेश गर्दा सो सामग्री लैजान रोकिएको निर्वाचन अधिकृत सुरेन्द्र थापा मण्डलले बताउनु भयो ।

गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिस्टका अनुसार विजय प्राप्त नगर्नेलाई यथोचित जिम्मेवार दिने र भोलिका दिनमा पार्टी सुदृढ बनाउन उहाँहरुको भुमिका उल्लेखनीय रहने बताउनु भयो ।

अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ भने अबको केही समय पश्चात उम्मेदवारिको घोषण गरिने निर्वाचन अधिकृतले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?