भोजपुर खानेपानी ब्यवस्थापनको जिम्मा तुफानलाई

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति भोजपुरको मतदात प्रकियाबाट तुफान किरातको नेतृत्वमा नौ सदस्यीय मुल कार्य समिति बनेको छ । समितिको बिद्यान २०५७ (संसोधन सहित) को दफा १२ (१) बमोजिम मुल कार्य समिति गठन प्रक्रियाका लागि मतदान भएको हो ।

दुई समुहका बीचमा भएको प्रतिस्पर्धामा छ सय २५ मत ल्याउदै किरात बिजयी हुनु भएको हो भने प्रतिस्पर्धी राजकुमार श्रेष्ठले तीन सय ५१ मत पाउनु भएको थियो । उपाध्यक्षमा लिलामाया तामाङ, सचिव घमचन्द्र दाहाल, कोषाध्यक्ष कृष्णमाया तामाङ निर्वाचित हुनु भएको छ ।

यसैगरी खुल्ला सदस्यमा नारायण बहादुर कार्की र रमन राई, महिला सदस्य सुशीला तामाङ आदिवासी जनजाति सदस्य कल्पना देवी तामाङ र दलित सदस्यमा देवी सुन्दास बिजयी हुनु भएको हो । समितिका लागि तुफान समुहबाट छ जना र राजकुमार समुहबाट तीन जना निर्वाचित हुनु भएको छ ।

कुल एक हजार नौ सय ५१ मतदाता मध्ये एक हजार ५६ मत खसेको थियो । जुन ५४ दशमलब १३ प्रतिशत हो । कोषाध्यक्ष पदमा कृष्णमाया तामाङ निर्विरोध निर्वाचित भएकाले अध्यक्ष सहित आठ पदको लागि मतदान भएको थियो ।

जिल्लामा सिलिचुङ खानेपानीबाट बितरित पानी भोजपुर नगरपालिकाको वडा नम्वर ५, ६, ७, ८, ९ र १२ गरी छ वटा वडाका दुई हजार दुई सय घरधुरीले उपयोग गर्दे आई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?