सेयर बजारमा घट्ने क्रमको आजपनि निरन्तरता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।

सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अंकमा आएको छ । सूचीकृत २ समूहमात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् ।

यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरुले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार सुधार हुन नसक्नुका थप कारण हुन् ।

यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अगाडि छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र हिमालयन लघुवित्त परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?