सर्लाही । जंगली हात्तीको आक्रमणबाट सर्लाहीको हरिपुरस्थित जंगलमा मंगलबार बिहान एक बालकको ज्यान गएको छ । अर्का एक जना भने घाइते भएका छन् ।
रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका-२ घर भइ हाल हरिवन नगरपालिका-७ ताइवान टोल बस्ने १४ वर्षीय शिवप्रसाद दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
हरिवन नगरपालिका-१० बस्ने ५१ वर्षीय छविलाल काफ्लेसँगै दाहाल मंगलबार बिहान ८ बजे गाईवस्तुका लागि घाँस लिन हरिपुर नगरपालिका-१ स्थित जानकीनगर जंगलमा पसेका थिए । त्यहाँ उनको जंगली हात्तीसँग जम्काभेट भएको थियो । जंगलमै आमनेसामने भएका दाहाललाई हात्तीले लछारपछार पारेपछि उनको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिनुभयाे ।
दाहालसँगै जंगल पुगेका काफ्ले भने सख्त घाइते भएका छन् । खुट्टामा चोट लागेका काफ्लेको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच