श्रेष्ठलाई श्यामप्रसाद स्मृति पुरस्कार

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । श्यामप्रसाद पन्त गुठीले शिक्षासेवी प्रेमबहादुर श्रेष्ठलाई यस वर्षको श्याामप्रसाद पन्त स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । यसअघि उक्त पुरस्कारद्वारा अमृतप्रसाद शेरचन, जर्ज जोन, प्रदीपशंकर पालिखे, श्रीराम शर्मा आचार्य र टेकबहादुर ढेवाजु परिवार सम्मानित भइसकेको प्रतिभा छनोट समितिका संयोजक रवीन्द्र माकाजूले बताउनुभयो ।

२५ हजार नगद, दोसल्ला र कदर पत्रसहितको उक्त सम्मान राष्ट्रिय मावि पुरानो टुँडिखेलका विद्यालयको हिरक जयन्ती अर्थात् २०८० मंसिर २० गते वितरण गरिनेछ । ८३ वर्षीय शिक्षासेवी श्रेष्ठले लगातार राष्ट्रिय माध्यमिक विद्यालयमा ३८ वर्ष शिक्षण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?