रुपन्देही । पर्यटक भित्राउन लुम्बिनी साँस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने हेतुले नगरपालिकाका नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वले बाह्य तथाआन्तरिक पर्यटकहरु लुम्बिनीमा आउँदा अल्मलिन नपर्ने गरि लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्र पर्ने सडकहरुमा संकेत नम्बर (स्ट्रीट नम्बर) राखिएको हो ।
अन्तराष्ट्रिय दातृसंस्ता युएनडिपि, नेपाल टुरिजम बोर्ड र लुम्बिनी साँस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनीमा ८० वटा संकेत नम्बर राखिएको छ । सडकमा संकेत नम्बरको उद्धघाटन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गर्नु भयो ।
नगरप्रमुख मुसलमानले विदेशी पयर्टकहरु जाँदा कुन ठाउँ जाने, कहाँ बस्ने जस्ता विषयमा पर्यटकहरुलाई सजिलै जानकारी हाँसिल होस् भन्ने उद्देश्यले नम्बरिङ सिष्टम राखिएको बताउनु भयो । पालिकाभित्र पर्ने ८० वटा सडकहरुमा नम्बरिङ गर्ने काम अघि बढेको भन्दै बढि मात्रामा पर्यटकहरुलाई लुम्बिनीमा झार्न विविध रणनीतिक अभ्यास गरिँदै जाने नगरप्रमुख मुसलमानको भनाई छ ।
यस्तै, पर्यटकहरुले सजिलै आफनो गतव्य भेटाउन स्ट्रीट नम्बरिङ गरिएको नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताउनु भयो । पर्यटनको विकासमा नगरले चासो दिएको कुरा समेत उहाँले बताउनु भयो ।अव लुम्बिनीमा आउने पर्यटकहरुले समस्या नझेली अवलोकन गर्न पाउने वातावरण सृजना भएको उहाँको भनाई छ ।
आर्कषणको केन्द्र लुम्बिनीमा अधिक पर्यटकहरुलाई गन्तव्यमा पुग्न सहज होस् भन्ने उद्देश्यले पहिलो अभ्यास चालिएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले बताउनु भयो । बढ्दो सहरीकरणका कारण पर्यटकहरुलाई अल्झिन नपरोस भन्ने चाहानालाई मध्यनजर गर्दै सडकमा संकेत नम्बर राखिएको ज्ञवालीको भनाई छ। पर्यटन क्षेत्रको वृद्धिका लागि नगरपालिका सधै हातेमालो गर्न तयार रहेको र यि कार्यहरुमा सवैको साथको अपेक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनु भयो ।
यसैगरि पर्यटकहरुको यात्रालाई सहज रुपमा सफलबनाउन संकेत नम्बरले महत्वपुर्ण भुमिका खेल्ने युएइनडिपीका सुदिप अर्यालले बताउनु भयो । पहिलो साझेदारी कार्यक्रमअन्तर्गत संकेत नम्बर राखिएको र पर्यटकहरुलाई थप भित्राउन सुचना केन्द्र स्थापना समेत गरिने कार्यक्रम रहेको पनि उल्लेख गर्नु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच