![काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो (तस्बिरहरू)](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/balaju-sadak-13.jpg)
भोजपुर । आयुर्वेद सेवाका बिषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले समन्वयात्मक समिक्षा कार्यक्रम गरेको छ ।
टेम्केमैयुङ गाउँपालिकाको वडा नम्वर २, गोठेसिंह होमस्टेमा आयोजित समिक्षा कार्यक्रमका सहभागी आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रका अभियानकर्ताहरुले आर्थिक बर्ष २०७९/०८० भएका बार्षिकहरुको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो ।
सोक्रममा प्रस्तुत गरिएको समिक्षा प्रतिवेदनमा जिल्लामा बढी मात्रमा बाथका बिरामीहरु देखिने गरेको उल्लेख गरिएको छ । यस्तै दम, नसा, युरिक एसिड, जण्डिस लगायतका रोगहरु पनि ग्रामीण क्षेत्रमा बढी देखिने गरेको छ ।
पछिल्लो समयमा जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा बिरामीहरुको संख्या समेत बढ्दै गएको देखिएको छ । आरोग्य सेवा केन्द्र चम्पेका अभियानकर्ता सरस्वती मगर, घोडेटारका अभियानकर्ता राजकिशोर साह, अन्नपूर्णका अभियानकर्ता चन्देश्वर राय, च्याङग्रेका अभियानकर्ता शैलेश कुमार मिश्र, आर्युवेद औषधालय दिङलाका सोनी खनाल, आयुर्वेद औषधालय ओख्रेका प्रमुख ईश्वरनाथ मिश्र, टक्सार आयुर्वेद औषधालयका प्रमुख दिलिप कुमार झा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख मनोज कुमार पण्डितले गत आर्थिक बर्षको सेवा, प्रगती बिवरण र समस्याका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
सोक्रममा आफनो भवन नहुँदा सेवा प्रवाहमा समस्या हुदै आएको गुनासो आएको छ । १९९९ सालमा स्थापना भएको दिङला आयुर्वेद औषधालयको भवन भुकम्पका कारण जीर्ण भएका कारण मर्मतमा बजेट नआउँदा समस्या भएको आयुर्वेदकर्मी सोनी खनालले गुनासो गर्नु भयो । गत बर्ष जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १५ हजार दुई सय ५४, नागरिक आरोग्य सेवा केन्द्रबाट १० हजार सात सय ३८ र आर्युवेद औषधालयहरुबाट २८ हजार आठ सय ८७ गरी कुल ५४ हजार सात सय ७९ जनालाई सेवा दिईएको जानकारी गराईयो ।
सोक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख तथा आयुर्वेद संचालक समितिका अध्यक्ष कमल थुलुङ राईले भवन अभावका कारण देखिएको समस्या समाधानका लागि आफु लागि परेको बताउँदै प्रदेश तथा संघीय मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक पद्धतीमा नागरिकहरुको बिश्वास बढदै गएको छ, सेवा प्रभावकारी बनाउनका लागि देखिएको भवनको समस्या समाधानका लागि पहल गर्छु ।”
स्वास्थ्य निर्देशनालय धनकुटाका शाखा प्रमुख बिजय कुमार झाले नागरिक आरोग्य सेवा केन्द्रहरुको भुमिका महत्वपूर्ण भएकाले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने सन्देश प्रत्येक नागरिकको घरघरमा पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
प्रभावकारी सेवा प्रवाहका बिषयमा देखिएका समस्या समाधानका लागि आफुले बजेट बिनियोजन हुने निकायसम्म कुरा पुर्यायाउने प्रतिबद्धता समेत जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच