![‘विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक’](https://ehimalayatimes.com/wp-content/uploads/2023/08/koshi-mansuri.jpg)
कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको छ । मुख्यमन्त्रीका लागि ४७/४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको हो । सनाखत आज शनिवार बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।
कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा(माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गर्नुभएको छ । आङ्बोलाई गठबन्धनमा रहेका दल र कार्कीलाई नेकपा (एमाले) का सांसदले समर्थन जनाएका छन् । दुवै जनाले बहुमत सांसदको नाम पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि बोलाउनुभएको हो ।
प्रदेश प्रमुख खापुङको कार्यालयले निकालेको विज्ञप्तिमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेपछि बहुमत पु¥याउने सांसदलाई मुख्यमन्त्रीमा नियुक्त गरिनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ । अहिले एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।
यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अनुपस्थित भएपछि कार्यसम्पादन बैठकले कोशीका सन्दर्भमा कुनै निर्णय नगरि बैठक आजका लागि सरेको छ ।
कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेता शेखर कोइराला आउँछु आउँछु भनेर बैठकमा नआएको बताउनुभयो । बैठक पुनः बस्ने गरी आजका लागि सकिएको जानकारी गराउनुभयो । कोशीको संकट हटाउनका लागि सभापति शेरबहादुर देउवाले शेखर कोइरालासँग विकल्पमा कुरा गरे पनि उहाँ तयार नभएको विश्वकर्माले बताउनुभयो । कांग्रेसबाट सर्वसम्मत अर्को व्यक्ति ल्याए माओवादीको उम्मेदवार फिर्ता गराउने प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवासँग बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच