जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले संचालन गरेको पालिकाभित्र तीन दिने निःशुल्क मुटु रोग शिविरबाट यहाँका २ हजार ३७३ जना लाभान्वित भएका छन् ।
गाउँगाउँमा मुटु रोगी बढेपनि अस्पताल पुगेर उपचार गराउने अधिकांश स्थानीयवासिको आर्थिक अवस्था निकै कमजोर रहेको छ । समयमै उपचार पाउन सकेका छैन । हिमाका नागरिकको माग अनुसार मुटु रोग सम्बन्धी विशेज्ञ डाक्टरबाट उपचार र स्वास्थ्य जाँच गरिएको छ ।
गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो,“गाउँपालिकाले विभिन्न समयमा स्वास्थ्य शिविर संचालन गर्दे आएको छ । मेरो पहिलो प्रथामिकता नागरिकको स्वास्थ्य हो । हालसम्म करिब सातवटा विभिन्न रोगको शिविर संचालन भई सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।”
हिमाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा पालिकाले गरिदिने नीति तथा कार्यक्रम बजेटबाट पारित भईसकेको छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूको मुटुको अवस्था थाहा पाउनको लागि स्वास्थ्य शिविर संचालन गरिएको हो ।
मुटु जोगाउ काठमाडौंको प्राबिधिक सहयोगमा दुई हजार ३७३ जना बिद्यार्थी र अन्य स्थानीयवासिको मुटुको परिक्षण गरि उपचार गरिएको छ । परीक्षण गरिएकामध्ये १३ जनाको निःशुल्क शल्यक्रियाको लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा रेफर गरिएको गाउँपालिका अध्यक्ष शाहीले दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच