काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् ।
तर, अदालतमा आफूविरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाई गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश गरिएको छैन ।
विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा यूएई र हङकङ छन् । प्रतियोगिता बुधबारदेखि सुरु हुँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच