दाङ । दाङमा ड्रागन फलको व्यावसायिक खेतीबाट किसानले मनग्ये आम्दानी गर्ने गरेका छन् । नयाँ प्रजातिको फल भएकोले उनिहरुले यसवाट मनग्ये आम्दानी गरेका हुन् । ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुने कृषकको भनाइ छ ।
घोराही उपमहानगरपालिका–१८ को अकबरेमा ड्रागन फलको व्यावसायिक खेती गर्दै आउनुभएका विक्रम बुढाले ड्रागन खेतीबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।
करिब ५० लाख रुपियाँ खर्च गरेर ६ जनाको समूहले दँगाली ड्रागन फुरूट फर्म दर्ता गरेर विगत पाँच वर्षदेखि दुई बिघा बढी जमिनमा व्यावसायिक खेती गर्दै आउनुभएका बुढाले वर्षमा २० देखि २५ लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको बताउनुभयो ।
व्यवसायी बुढाले भन्नुभयो, ‘दुई बिघा क्षेत्रफलमा करिब १३ सय बढी बिरुवाहरू रहेका छन्, प्रतिबिरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँदा पनि २० देखि ३० लाख रुपियाँसम्म आम्दानी हुनेगरेको छ ।’ विगतका वर्षजस्तै मूल्य भए ड्रागन फलबाट राम्रो आम्दानी भए पनि पछिल्लो समय जिल्लामा धेरै ठाउँमा ड्रागन फल खेती हुनेगरेका कारण मूल्यमा कमी हुँदैआएको उहाँको भनाइ छ ।
उहाँका अनुसार ३–४ वर्षअघिसम्म प्रतिकिलो ८५० रुपियाँले विक्री गरेको भन्दै बर्सेनि मूल्य घट्दै आउँदा यसवर्ष ३ सय ५० देखि ४ सय ५० रुपियाँसम्म फल विक्री गर्दैआएको बताउनुभयो ।
किसान बुढाले भन्नुभयो, ‘चार वर्षअघिजस्तै मूल्यमा अहिले ड्रागन फल विक्री हुन्थ्यो, कमाउन कहीँ जानुपर्ने थिएन । तर विगतको तुलनामा दोब्बरले मूल्यमा कमी आए पनि घाटा भने भएको छैन ।’ धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेहरूका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।
अन्य तरकारी, पशुपालन लगायतका कृषि व्यवसायमा मेहनतअनुसारको लगानी हुन नसकेको गुनासो आउने गरे पनि ड्रागन फलको खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी दिलचन बुढाले बताउनुभयो ।
किसान बुढाले भन्नुभयो, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ फर्ममा उत्पादन पनि राम्रो भएको र विक्रीका लागि घोराही बजार पनि नजिकै रहेकाले आफूलाई विक्रीका लागि समस्या नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुमा थोरै उत्पादन हुँदा विक्रीमा समस्या थिएन, तर अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पादन हुन थालेको छ । जस्लेगर्दा विक्रीमा पनि कहिलेकाहीँ समस्या हुनेगरेको छ ।’
एकै पटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसानहरू ड्रागन फलको व्यावसायिक खेतीमा लाग्नुभएको छ ।
व्यवसायीका अनुसार जिल्लामा करिब २० देखि ३० बिघासम्म जमिनमा व्यावसायिक रूपमा ड्रागन फलको खेती हुने गरे पनि यकिन तथ्याङ्क नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसानहरू पछिल्लो समय ड्रागन फल खेतीमा लाग्नेगरेको व्यवसायीको भनाइ छ । जिल्लामा सबैभन्दा पहिले नेकपा ९माओवादी केन्द्र० का पूर्व नेता एवं मन्त्री लोकेन्द विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा खेतीको सुरुवात गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच