काठमाडौं । पछिल्लो समय विद्युतीय गाडीप्रति सर्वसाधारणको आकर्षण बढेको छ । जसमा टाटा कम्पनी सबैको रोजाइमा परेको देखिन्छ । भारतीय कम्पनी टाटा बिक्रीको दौडसँगै पूर्वाधारसहित पूरै इकोसिस्टम तयार पार्ने प्रतिस्पर्धामा सबैभन्दा अगाडि देखिएको छ । टाटाको ‘एग्रेसिभ मुभमेन्ट’ले चिनियाँ र कोरियन कम्पनीका इभी बिक्रेतालाई पनि ‘इकोसिस्टम’ खडा गर्न दबाब दिइरहेको देखिन्छ । जति धेरै गाडी बिक्री ग¥यो त्यति धेरै ‘आफ्टर सेल सर्भिसिङ’को दबाब बिक्रेताहरूमाथि पर्छ । यसखाले दबाबले नेपालमा गाडी बिक्रीजस्तै प्रतिस्पर्धा निम्त्याउने नै छ, जसले इभीका लागि माहौल सकारात्मक बन्न सक्छ । टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले नेपालमा तीन हजारभन्दा धेरैवटा इभी बिक्री गरिसकेको छ । धेरै बिक्रीको अर्थ हो- सम्भावित समस्या पनि धेरै सिप्रदीकै सामुन्ने आउने स्थिति । त्यसैलाई मध्यनजर गर्दै सिप्रदी इभीमा प्रयोग हुने ब्याट्रीका सेल, मर्मत र मोडुअल परिवर्तन गर्ने युनिट खडा गरिसकेको छ ।
कम्पनीले हालसम्म २१ वटा फाष्ट चार्जिङ स्टेसन इन्स्टल गरेर सञ्चालनमा ल्याइसकेको छ । अझै चार्जिङ स्टेसन विस्तार गरेर आफ्नो बजार जोगाउने होडमा सिप्रदीको लोभलाग्दो सक्रियता देखिन्छ । एसी चार्जरमात्रै हालसम्म दुई सयवटाभन्दा धेरै स्थानमा राखिसकेको कम्पनीले जनाएको छ । होटल, सपिङ महल र राजमार्गका विभिन्न स्थानमा एसी चार्जर कम्पनीले राखेको छ ।
नेपालमा कमर्सियल भेहिकलमा एकलौटी राज गरेको कम्पनी टाटाले पेट्रोल तथा डिजल भर्सनमा कम्प्याक्ट एसयूभी नेक्सन भिœयाएसँगै प्यासेन्जर भेहिकलतर्फ पनि आक्रमक बिक्री बढायो । नेक्सन इभीका सन्दर्भमा टाटाले यसैखाले रणनीति लियो । त्यसैले इभी बिक्री थाल्नुअघि नै टाटाले नेपालमा विद्युतीय सवारीका लागि आवश्यक पर्ने सर्भिस सेन्टर, चार्जिङ स्टेसन र इकोसिस्टमका अन्य पूर्वाधार तयार पारेको थियो । अहिले इको सिस्टमलाई नेक्स्ट लेभलमा पु¥याउन काम गरिरहेको कम्पनीले जनाएको छ ।
हाल विश्वभर सर्वाधिक चर्चामा रहेको इलेक्ट्रिक भेहिकललाई छोटकरीमा इभी वा बिइभी भन्ने गरिन्छ, यस्ता गाडीमा इन्जिन हुँदैन । यी गाडी विद्युतीय मोटर र व्याट्रीको सहायताले गुड्छन् । यस्ता गाडीलाई घरमा रहेको सामान्य बिजुलीमार्फत चार्ज गरेर चलाउन सकिन्छ । इलेक्ट्रिक भेहिकललाई चार्ज गर्न लेभल १, लेभल २ र लेभल ३ को चार्जर प्रयोग गर्न सकिन्छ । लेभल १ र २ चार्जर घरमा जडान भएको मिटरको क्षमतानुसार चलाउन सकिन्छ भने लेभल ३ का चार्जर कर्मशियल चार्जर हुन् । वा भनौं फाष्ट चार्जर हुन् । यी चार्जर चलाउन बढी पावरको ट्रान्सफरमरको प्रयोग गर्नुपर्ने हुन्छ । इलेक्ट्रिक कार हाइब्रिड र प्लग–इन हाइब्रिडभन्दा धेरै रेञ्ज प्रदान गर्ने क्षमताका हुन्छन् ।
अग्रणी इभी बिक्रेता टाटा मोटर्सले त देशका प्रमुख राजमार्गमा चार्जिङ स्टेसनको नेटवर्क नै खडा गरिसकेको छ । देशमा विद्युतीय गाडी प्रवद्र्धन गर्न टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले इभीको इकोसिस्टम नै तयार पार्न थालेको छ ।
टाटाको विद्युतीय गाडी चढेर पूर्वदेखि पश्चिमसम्म पुग्दा कुनै समस्या छैन । किनभने प्रमुख राजमार्गमा शहरैपिच्छे हरेक एकदेखि डेढ सय किलोमिटरभित्र टाटाको चार्जिङ स्टेसन भेनिन्छन् । त्यस्तै मुख्य–मुख्य सबैजसो शहरमा टाटाका चार्जिङ स्टेसन उपलब्ध छन् ।
अहिलेसम्म टाटाले काठमाडौं उपत्यकासहित देशका विभिन्न २३ ठाउँमा डिसी फाष्ट चार्जिङ स्टेसन स्थापना गरेको छ । यस्तै १ सय २५ भन्दा धेरै ७.२ किलोवाटाका एसी फाष्ट चार्जिङ प्वाइन्ट छन्, जुन टाटाको शोरूम, सर्भिस सेन्टर, सपिङ मल, होटेल, रेष्टुरेन्ट, हस्पिटल जताततै भेटिन्छन् ।
टाटाका फाष्ट चार्जिङ स्टेसनहरू ललितपुर, बीपी राजमार्गमा मूलकोट (ताज रिभरसाइड रिसोर्ट), पूर्व–पश्चिम राजमार्गको बिर्तामोड (झापा), इटहरी, लहान (होटेल गोधुली), बर्दिवास (ढल्केबर), सिमरा, हेटौंडा, नारायणगढ, चुम्लिङटार, धार्के, पोखरा, भैरहवा, दाङको भालुवाङ (होटेल पौवा), नेपालगञ्ज, धनगढीलगायत ठाउँमा छन् । कतिपय चार्जिङ स्टेसनमा एकैपटक दुईवटा गाडी चार्ज गर्न मिल्ने व्यवस्था गरिएको सिप्रदीले जनाएको छ ।
छैन ब्याट्रीमा समस्या
इभीमा प्रयोग हुने ब्याट्रीमाथि भने धेरैको जिज्ञासा रहेको छ । तर कम्पनीले भने यसको ब्याट्रीमाथि शंका गर्ने कुनै ठाउँ नरहेको दाबी गरेको छ । इभीमा प्रयोग गरिने ब्याट्री हामीले देखिआएका अन्य उपकरणमा प्रयोग हुनेभन्दा फरक हुन्छ । सबैभन्दा धेरै इभीमा लिथियम फेरिवस फोस्फेट (एलएफपी) आधारित ब्याट्री प्रयोग हुन्छ । किनकि तुलनात्मक रूपमा यसखाले ब्याट्रीलाई सुरक्षित मानिन्छ । लिथियम आयोन सेलमा दुई तरिकाको ब्याट्री प्रयोग भएको हुन्छ–एलएफपी र लिथियम निकोल कोबल्ट म्याग्नेसियम अक्साइड (एनएमसी) । एनएमसी ब्याट्री सानो स्पेसमा धेरै इनर्जी स्टोर गर्नसक्ने क्षमताको हुन्छ । यसखाले ब्याट्रीको साइज सानो हुन्छ । यसको तुलनामा एलएफपी ब्याट्री बढी सुरक्षित मानिन्छ, यसले ठूलो ठाउँ लिन्छ । कुनै जोखिम ननिम्तियोस् भनेर ठूलो स्पेस लिए धेरैजसो गाडीमा एलएफपीको प्रयोग गरिन्छ । नेपालमा आयात भएका विद्युतीय सवारीमा दुवै किसिमका ब्याट्री प्याकहरू उपलब्ध छन् । तर, नेपालमा पछिल्लो समय भित्रिएका इभीहरूले अधिकांशले एलएफपी ब्याट्री प्रयोग गर्छन् । सबैभन्दा धेरै बिक्री भएको टाटालगायत इभीले एलएफपी नै प्रयोग गर्छन् । टेस्लाका केही मोडलमा भने एनएमसी प्रयोग भएको छ । जुनसुकै खालको ब्याट्री प्रयोग हुने भए पनि अधिकांश इभीमा ब्याट्रीलाई गाडीको पिँधमा राखिएको हुन्छ ।
इभीमा ब्याट्रीसँगै ब्याट्री म्यानेजमेन्ट सिस्टम जडान गरिएको हुन्छ । तारहरू सर्ट भएको खण्डमा त्यसले लाइन कट गर्दिन्छ र सिस्टम बन्द गरेर अरू क्षति हुन दिँदैन । यस्तै सुरक्षाका लागि स्मोकिङ डिटेक्सन पनि यसमा रहेको हुन्छ । यसले प्यासेन्जरलाई कुनै जोखिम निम्तिन दिँदैन । यसैगरी, ब्याट्रीमा आइपी ६७ प्रोटेक्सन सिस्टम हुन्छ, जसले पानी र धुलोबाट ब्याट्रीलाई बचाउँछ । यसखाले सुरक्षा सबै इभीका ब्याट्री थर्ड पाटीले प्रमाणित गरेको हुन्छ । टाटा मोटर्सले बनाउने ब्याट्री यसको इनहाउस टाटा कम्पोनेन्ट्सले उत्पादन गर्छ जुन पूर्णरूपमा इण्डियन सरकार र एआरआईबाट सर्टिफाइड छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच